स्वीडेनकी गायिका नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौं — जब उनले बादी समुदायका युवती बेचबिखन सम्बन्धी जानकारी पाइन्, त्यसपछि उनको मन एकतमासको बन्यो । त्यही मन लिएर यतिबेला स्वीडेनकी गायिका क्यारोला हगविस्ट नेपाल आइपुगेकी छन् ।

४९ बषिर्या यी गायिका आफ्नो गायकी खुबीमात्रै लिएर आएकी छैनन्, बादी समुदायलाई सघाउने महत्वाकांक्षी योजना पनि उनिसित छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले द लाइट हाउस फाउण्डेशनमा आश्रय लिई रहेका वादी महिला तथा बालबच्चाको लागि आवास गृह निर्माणको लागि २ वर्षभित्र करिब १ मिलियन अमेरिकी डलर जम्मा गर्ने लक्ष्य सुनाइन् ।

सन् १९८० देखि नै स्वीडेनको मोस्ट पपुलर गायिकाको सुचीमा पर्दै आएकी यिनी मौसमी गीतकार पनि हुन् । उनको 'स्टे्रन्जर' एल्बम एक मिलियन प्रति भन्दा बढि बिक्री भईसकेको छ । नेपाल आउन नपाएपनि पाँच वर्ष अघिदेखि उनले नेपालका वादी समुदायका महिलाको जीवनस्तर उठाउनको लागि सहयोग समेत गर्दै आइरहेकी छिन । पहिलोपटक नेपाल आउने साइत जुराएकी क्यारोलाले बुधबार भनिन्, 'नेपालका लागि म एउटा खुशी बन्न चाहन्छु, यहाँका मान्छेहरु निकै मनकारी हुँदारहेछन् ।' उनले पत्रकार सम्मेलनमा आफ्नो गीत 'वि क्यान मेक चेन्ज...' समेत गाइन् । लाइट हाउस फाउन्डेशनमा आश्रय लिइरहेका बादीहरुकै सहयोगार्थ क्यारोला नेपाल आएकी हुन् ।
बिहिबार हुने फाउन्डेशनको छैठौं वाषिर्क उत्सवमा क्यारोलाले केहि गीत गाउने छिन् । उनले फाउन्डेशनमा रहेका बादी महिलासंग आफ्ना मनका भावना समेत साटिन् । समय अनुकुल सबै समस्या समाधान हुन्छ भन्दै उनले धैर्यता राख्न पनि आग्रह गरिन् । नेपालको प्राकृतिक सौन्दर्यप्रति आफु नतमस्तक भएको पनि उनले सुनाइन् । क्यारोलाले चेलिबेटी बेचबिखन समस्या समाधान गर्न आफु निकै संवेदनशील रहेको पनि जनाइन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहिबार उनले आफ्नो प्रस्तुती दिने छिन ।

तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशित : पुस १५, २०७२ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमा तेश्रो दिनपनि झडप

कान्तिपुर संवाददाता

जनकपुर — आन्दोलनरत्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा सुरक्षाकर्मी बीच बुधवार अपरान्ह झडप भएको छ । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरे पछि, सुरक्षाकर्मीहरुले पनि ढुंगामुढा, लाठी चार्ज गरेका थिए ।

सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिवार बिराटनगरमा आक्रमण भए यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । गत तीन दिनदेखि जानकी प्रहरी चौकीमा निरन्तर झडप हुदै आएको छ ।
बुधवार विहानैदेखि प्रदर्शनकारीहरु नगर क्षेत्रमा प्रदर्शन गरेका थिए । अपरान्ह रामानन्द चौकमा आयोजित विरोध सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संवोधन गर्दै गरेको वेला जानकी प्रहरी चौकीमा दुईतर्फी ढुंगामुढा भई रहेको थियो ।

 

प्रकाशित : पुस १५, २०७२ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्