कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकामा ल्होछार

वासिंगटन डीसी — अमेरिकाको राजधानी वासिङ्टन डीसी र वरिपरिका राज्यहरूमा बसोबास गर्ने प्रवासी तमु (गुरुङ) समुदायले आइतबार ल्होछार मनाएका छन् । १५ पुसको साँझलाई नयाँ वर्षपूर्व सन्ध्याको रूपमा मनाउने चलन रहेको छ ।

 अमेरिकामा ल्होछार

 नेपालमा १५ पुसको दिनलाई नयाँ वर्षको रूपमा मनाउँदै आए पनि यहाँ सबैको सजिलोको लागि आइतबार साँझ नै कार्यक्रम गरिएको आयोजकले जनायो । कार्यक्रम भर्जिनियाको हर्नडनमा गरिएको थियो ।

ग्रेटर वासिङ्टन तमु समाजले गरेको ल्होछार साँझमा वासिङ्टन डीसी, भर्जिनिया र मेरिल्यान्डमा बसोबास गर्ने तमु तथा अन्य समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालीपनको जगेर्ना लागि यस्ता कार्यक्रमहरूले सहयोग पुर्‍याउने दाबी गरे ।

औपचारिक र सांस्कृतिक प्रस्तुति गरी दुई भाग बाँडिएको कार्यक्रम नेपाल र अमेरिकी दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको थियो । यसपछि अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिए ।

परदेशमा विभिन्न कठिनाइका बाबजुद पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना र पहिचानको संरक्षणको लागि ल्होछार साँझ गरिएको समाजका अध्यक्ष्य नन्द तमुले जनाए ।

प्रकाशित : पुस १६, २०७२ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?