कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि आयो कन्दरा

भीम घिमिरे

पोखरा — लोकपपमा निकै मन पराइएको सांगीतिक समुह ‘कन्दरा’ १० वर्षपछि शनिबार ‘भेडीगोठैमा’ एल्बम लिएर पुन: लयमा फर्किएको छ । लेकसाइडमा आयोजित कार्यक्रममा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले उक्त समुहको नयाँ एल्बम विमोचन गर्दै शुभकामना दिए ।

फेरि आयो कन्दरा



 आ–आफ्नै व्यक्तिगत समस्याका कारण समुहले चौथो एल्बमपछि सांगीतिक क्षेत्रमा निरन्तरता दिने क्रम घटेको थियो । बेलायतबाट फिरेका गायक विवेक श्रेष्ठले आफ्नो समूह अब फेरि पुरानै जोशका साथ संगीत क्षेत्रमा निरन्तर रहने बताए ।
यसपटकको एल्बममा शीर्ष गीत सरुभक्तले लेखेका छन् भने गत असारमै रफ रेकर्ड गरेर यूट्युवमा अपलोड गर्दा निकै लोकप्रिय बनेको ‘चन्द्रकोटकी नानी’ विनोद गौचनको रचनामा छ । आठ गीत समेटिएको नयाँ एल्बममा पहिले निकै चलेको ‘तिमी पारि त्यो गाउँमा’ रीभर्जनमा छ भने एउटा गीत सामाजिक सद्भावको सन्देश दिने ‘के पहाड के तराइ’ भन्ने छ ।

सरुभक्त र गौचनका २ बाहेक अन्य सबै गीत समुहका सदस्य तथा म्युजिक कम्पोजर सुनील थापाले लेखेका छन् । कन्दराका ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारि’, ‘लेककी हे माया’ लगायत गीत चर्चित छन् ।

विमोचन कार्यक्रममा कवि सरस्वती प्रतीक्षाले पोखराबाट उठेर देश र सबैको हुन सकेको कन्दराले अझ बढि नेपालीको मनमाझ रहने गीत ल्याउनुपर्ने बताइन् ।   

 

प्रकाशित : फाल्गुन २९, २०७२ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?