सम्बन्ध कस्दै ‘गाँठो’

कान्तिपुर संवाददाता

काठमाडौं — सम्बन्धको कथा भन्ने फिल्म ‘गाँठो’ ले शनिबार राजधानीमा बाइक र्‍याली गरेर प्रचारलाई कसिलो पारेको छ।

नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई सुरज भुसालले निर्देशन गरेका हुन्। यसअघि उनले ‘मौन’ र ‘होस्टेल रिटन्र्स’ निर्देशन गरेका थिए। ‘गाँठो’ युनिट र टीभीएसको सहकार्यमा गरिएको ‘सम्बन्धको गाँठो’ नामक र्‍यालीले राजधानीलाई महाराजगन्जदेखि नक्सालसम्म फन्को मारेको थियो। कार्यक्रममा बोल्दै नाजिरले फिल्ममा आफूलाई फरक भूमिकामा पाउने बताए। बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई तिलक केसी र नृपेन्द्र जोशीले निर्माण गरेका हुन्।

र्‍यालीपछि बोल्दै निर्देशक भुसालले कर्पोरेट क्षेत्रको सहयोगमा नेपाली फिल्मका लागि गरिने प्रचारप्रसारले फिल्म उद्योगकै विकासका लागि ठूलो योगदान पुर्‍याउने दाबी गरे। कार्यक्रममा जगदम्बा मोटर्सका तर्फबाट विक्रम पौडेलले सम्बन्धको गाँठो भन्दै मायाको चिनो समेत हस्तानान्तरण गरेका थिए। फिल्म भदौ ३१ देखि देशभर लाग्दै छ।

Yamaha

प्रकाशित : श्रावण १७, २०७३ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गजुरीको गलौंदीमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले बिजुलीको पोल ढालेपछि ३ जिल्लाका एक दर्जन गाविसमा विद्युत र टेलिफोन पनि अवरुद्ध
हरिहरसिंह राठौर

गलौंदी(धादिङ) — आईतबार रातभर परेको अविरल वर्षातसँगै गएको पहिरोले गजुरीको गलौंदीमा ११ हजार केभिए विद्युत प्रशाारण लाईनको पोल ढाले पछि पृथ्वीराजमार्ग वरपरका ३ जिल्लाका एक दर्जन गाविसहरुमा विद्युत अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण राजमार्ग पनि केही घन्टा अवरुद्ध भएको थियो ।



पहिरोसँगै बगाएको रुखले मुख्यप्रशारण लाईन, अप्टिकल फाईबर, स्थानीय केबुल प्रशारणको तार र टेलिफोन लाईन सबैमा क्षती गरेको छ । विद्युत प्रशारण लाईन बिहान ७ बजे राजमार्गमै ढले पछि २ घण्टा सवारी साधन अवरुद्ध भएको थियो ।

‘उक्त विद्युत खम्वा ढलेपछि धादिङका गजुरी, सलाङ्ग, कुम्पुर, मलेखु, बेनीघाट, चरौंदी, विशालटार, मझिमटार, जोगीमारा, गोरखाको घ्याल्चोक गाविसहरुमा विद्युत प्रशारण बन्द भएको छ । यस्तै गजुरी र मलेखु बजारको टेलिफोन लाईन अवरुद्ध भएको गजुरीस्थित नेपाल विद्युत प्राधिकरणका रामललित यादवले बताए ।

धादिङमै पींडा–२, जहरेखेतमा ग्रामिण सडकबाट आएको हिलो र लेदोले बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध गरेको हो । ‘विहान भएका २ घटनाले राजमार्ग ५ घण्टा अवरुद्ध भएको थियो,’ गजुरी स्थित जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक मुरारी मिश्र बताए ।

उक्त स्थानमा यो दोश्रो पटक पहिरो गएको हो । पृथ्वीराजमार्गबाट दक्षिणभेगका १३ गाविसहरुमा जोड्ने २ दर्जन ग्रामिण सडक निर्माण गर्दा वर्षातको भेलले रातोमाटो र लेदो तथा बालुवाले राजमार्ग नै ढाक्ने गरेको छ ।

‘पहिरो ३० मिटर जति छ, गजुरीको सडक डिभिजन कार्यालयबाट डोजरहरु मगाएर पहिरोको अवरोध हटाई राजमार्ग पूर्णरुपमा सुचारु गर्ने प्रयत्न गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि प्रसाद पौडैलले भने ।

‘राजमार्गको ढल पुरेर ग्रामिण सडकको लेदो र भलपानी राजमार्गमै पुग्ने गरि सडक निर्माण गर्नु मापदण्ड विपरित हो,’ गजुरीस्थित सडक डिविजन कार्यालयका साईट ईन्जिनियर मधुसुधन सांखीले भने, ‘सोही कारणले पहिरो जानुका साथै सडक अवरुद्ध भएको हो ।’

प्रकाशित : श्रावण १७, २०७३ ११:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT