कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'झुम्की' ट्रेलर आयो, मलिना सस्पेन्स

सुशील पौडेल

काठमाडौं — पूर्व मिस नेपाल मलिना जोशी अभिनित फिल्म 'झुम्की' को सोमबार ट्रेलर सार्वजनिक गरिएको छ । यसै फिल्मबाट डेब्यु गरिरहेकी मलिना नै झुम्कीका रुपमा मुख्य भूमिकामा छिन् । फिल्म घोषणादेखि नै सस्पेन्स राखिएको उनको चरित्रलाई टे्रलरसम्म पनि कायम राखिएको छ ।

'झुम्की' ट्रेलर आयो, मलिना सस्पेन्स

अपील विष्टको निर्देशन रहेको फिल्ममा मलिनासँगै दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, विजय बराल, निश्चल बस्नेत, रविन्द्रसिंह बानियाँ, सुस्मिता कार्की, प्रेमबहादुर खड्कालगायतको अभिनय रहेको छ । 'यो एउटा निश्चित कालखण्डमा दुई युवा-युवतीबीचको प्रेम कहानी हो' फिल्मबारे निर्देशक विष्टले कान्तिपुरसँग भने, 'उनीहरुबीच घट्ने एक एक घटनाले परिस्थिती प्रतिकुल बन्दै जानेछ ।' उनले कुन कालखण्डमा घटना घट्छ भन्ने खुलाउन चाहेनन् ।

'कबड्डी' सिरिजबाट निर्देशकको उचाई बनाएका रामबाबु गुरुङले 'झुम्की' को पटकथा लेखेका हुन् । दाङको पृष्ठभुमि रहेको फिल्ममा मनोज प्रहरी असई गोकुल भट्टको भुमिकामा छन् । ट्रेलरमा उनी आफ्नी प्रेमिका देवकीसँगको उतार चढावपूर्ण सम्बन्धमा दखाइएका छन् ।

दयाहाङलाई एक हत्याराको खोजीमा हिडिरहेको प्रहरीको भूमिकामा देख्न सकिने ट्रेलरमा निश्चल भने सेनाको भुमिकामा छन् । 'सेना र प्रहरी देखाईएपनि यो द्वन्द्वकालको कथा भने हैन' यसअघि 'दासढुंगा' निर्माण गरिसकेका अपील फिल्मबारे भने थोरै मात्र खुल्न चाहे । मुख्य चरित्रलाई नै सस्पेन्स राखिएकाबारे थपे, 'उनलाई हामीले पर्दा पछाडी नै राख्न चाहेका हौं ।


जसले गर्दा दर्शकलाई फिल्म सरप्राइज लागोस् ।' मनोजले त्यसमा सही थाप्दै भने, 'कारण धेरै ठूलो छ । ट्रेलरमा देखाइएको बाहेक पनि थुप्रै घटना छ । यसमा पुरानो कथा पनि फ्ल्यासब्याकका रुपमा अह्म बनेर आउनेछ ।' फिल्मको मुख्य द्वन्द्व नै प्रतिकुल समयलाई मानिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७३ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?