आयो गाँठोको ट्रेलर

काठमाडौं — पेन्टिङ आर्टिस्टलाई नै मुख्य पात्र चरित्र बनाइएको फिल्म ‘गाँठो’ को ट्रिजर सार्वजनिक गरिएको छ । मुख्य भूमिकामा नाजिर हुसेन रहेका छन् ।

आयो गाँठोको ट्रेलर

ट्रिजरमा पनि नाजिरसहित अभय बराल र नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । भाद्र ३१ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘गाँठो’ ले पेन्टिङकै सहायतामा सम्बन्धको कथा भन्ने बताइएको छ । नाजिर र अभय यसअघि निर्देशक सुरजकै अघिल्लो फिल्म ‘होस्टेल रिटन्र्स’ मा पनि सँगै देखिएका थिए । सुरजले यी दुईसँगै नम्रतालाई डेब्यु गराउन लागेका हुन् ।

यसअघि सुरजको निर्देशनमा ‘मौन’ र ‘होस्टेल रिटन्र्स’ फिल्म आएको थियो । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनाइएको फिल्ममा तिलक क्षेत्री, नृपेन्द्रराज जोशी र सुरजको लगानी रहेको छ । फिल्ममा अनुपम शर्माको संगीत रहेको छ । पोखरा, पाल्पा र गुल्मी आसापासमा फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

प्रकाशित : भाद्र ४, २०७३ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?