नाकाबन्दीको समस्या बोल्ने ‘नौ फुटे भूत’

कान्तिपुर संवाददाता

काठमाडौं — ‘नौ फुटे भूत’ बिम्म बनाएर गायक अंकित अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । यसमा शब्द र संगीत समेत गायक अधिकारीकै छ । सार्वजनिक भएको एक सातामै गीतले राम्रो समीक्षा पाएको छ ।

गत वर्ष संविधान जारी भएलगत्तै मधेस केन्द्रित दलको आन्दोलनलाई कारण बताउँदै भारतले नेपाल आउने सवारी ठप्प पारेको थियो ।
 

यही समस्यालाई

Yamaha

गीतमा ‘नौ फूटे भूत’को बिम्बमार्फत नाकाबन्दीको बेलाको समस्याहरु उजागर गरिएको छ । गायक अधिकारी भन्छन्,‘समस्याको गहिराइमा पुग्न गीतमा बिम्बको धेरै प्रयोग गरिएको छ ।’ गीतको म्यूजिक भिडियो पनि उत्तिकै बिम्बात्मक छ । म्यूजिक भिडियो हेर्नुहोस् :

 

गायक अधिकारीको यसअघि ‘राम नाम’ नामक गीत सार्वजनिक भएको थियो । 

प्रकाशित : भाद्र २०, २०७३ १२:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

घरेलु मदिरा नष्ट

कान्तिपुर संवाददाता

डोल्पा — जुफालबाट दुनै ल्याउँदै गरेको ठूलो परिमाणको घरेलु मदिरा आइतबार जिल्ला प्रहरीले नष्ट गरेको छ ।

जुफालबाट जिपमा ल्याउँदै गरेको मदिरा चेकजाँच क्रममा ५ वटा ड्रम नेपाली सेनाले सुलिगाड भीम पुल नजिकै बरामद गरेको थियो । ठूलो परिमाणमा मदिरा बरामद भए पनि त्यसको जिम्मा कसैले नलिएपछि सेनाले प्रहरीलाई बुझाएको थियो । १ सय ९० लिटर घरेलु मदिरा र यसको जाँड नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७३ ११:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT