कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

शाहरुखको प्यारमा करण ?

एजेन्सी

बलिउडमा करण जोहर जति फिल्म निर्माणलाई लिएर चर्चित छन्, उति नै उनको सम्बन्धलाई लिएर । चर्चित टीभी टक सो ‘कफी विथ करण’ का होस्ट करण पुरुष सेलिब्रिटीसँग पनि प्रेमिल झुकाव राख्छन् । जसले गर्दा उनी बेला बखत चर्चाको केन्द्रमा आइपुग्छन् ।

शाहरुखको प्यारमा करण ?

यतिबेला उनको एउटा भनाइले फेरि एकपटक गसिपमा छाएका छन् । करण जोहरले वर्षको सुरुवातमा ल्याएको पुस्तक ‘एन अनसुटेबल ब्वाई’ ले यतिबेला धेरै निजी कहानी र रोचक घटनाहरूको पर्दाफास गरिदिएको छ । जसले गर्दा पुस्तक र लेखक दुवै हिट भइरहेका छन् । सोमबार साँझ पुस्तक सार्वजनिक समारोहमा उपस्थित करणले शाहरुखसँगको निकट सम्बन्धबारे खुलासा मात्रै गरेनन्, अब उप्रान्त पिता बन्न चाहेको पनि बताए । ‘जब म आफ्नो पिता यश जोहरको फिल्म कारोबारलाई भर्खरभर्खर बुझ्न थालेको थिएँ, त्यो बेला पितासँगै म ‘डुप्लिकेट’ फिल्मको स्क्रिप्ट बोकेर शाहरुखको घर पुगेको थिएँ । शाहरूखको मेरो पिताप्रतिको आदर र सम्मान देखेर नै म पग्लिएको थिएँ । त्यो अनुभूति मेरोलाई अद्भुत खालको थियो । त्यसै बेलादेखि नै शाहरुखसँग मेरो माया बसेको हो,’ करण जोहरले भने ।

तर करण र शाहरुखको प्रेममा समयसमयमा अवरोध पनि नआएको हैन । बीचमा केही समय त दुवैबीच बोलचालसम्म पनि भएन । पछि नायिका दिपीका पादुकोणले राखेको एक पार्टीमा दुवैबीच सौहार्दपूर्ण भेट भयो र सम्बन्धले पुन: निरन्तरता पाएको थियो । ‘सबै सम्बन्धमा उतारचढाव भन्ने हुन्छ । हामी पनि डिप लभमा थियौं । म उनलाई आदर गर्छु । यो सम्बन्ध, यो नाता सधैंका लागि कायम रहनेछ,’ करणले शाहरुखप्रति माया दर्साउँदै थपे । शाहरुखले पनि आफूलाई करणले राम्रोसँग बुझेको जिकिर गरे । ‘करण यस्ता मान्छे हुन् जो मलाई राम्रोसँग बुझेका छन् । उनीसँग म घन्टौं कुरा गर्न सक्छु,’ पुस्तक विमोचनमा उपस्थित शाहरुखले भने । करणले पुस्तकको एउटा च्याप्टर नै शाहरुखका लागि खर्चेका छन् ।

प्रकाशित : माघ ५, २०७३ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?