कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुस्तक प्रदर्शनीसँगै साहित्य उत्सव

दमक — पठन संस्कृतिसँगै भाषासाहित्य प्रवद्र्धनको ध्येयसहित शनिबार यहाँ ‘पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव’ सुरु भएको छ । रेडक्रस भवनमा सुरु प्रदर्शनीमा विभिन्न पब्लिकेसनका करिब ५ हजार पुस्तक राखिएका छन् ।

पुस्तक प्रदर्शनीसँगै साहित्य उत्सव

प्रदर्शनी तथा महोत्सवको वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले किताब किनेर गरेका थिए । उनले यस्ता साहित्यिक गतिविधिले नेपाली भाषा साहित्यप्रति युवाहरूको ध्यान आकर्षित गर्ने दाबी गरे । माघ २२ सम्म चल्ने संस्करणमा एक दर्जन छलफलका सेसनहरू निर्धारण गरिएको छ । पहिलो दिन युवा लक्षित मोटिभेसनल सेमिनार गरियो । स्रष्टाहरू पुण्यप्रसाद प्रसार्इं, भेषराज न्यौपाने, हरि सिटौला, नवीन प्राचीले पुस्तक पठनको महत्त्वबारे प्रकाश पारे । डिकुरा पब्लिकेसन र नेपाल लिटेररी ग्रुपले गरेको प्रदर्शनीमा साहित्यिक, धार्मिक, राजनीतिक, प्रविधिसँगै विभिन्न ज्ञानवद्र्धक पुस्तकहरू राखिएका छन् ।

प्रदर्शनीको झन्डै ३० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको डिकुराका अध्यक्षसमेत रहेका प्रसार्इंले बताए । पछिल्लो समय बढ्दै गएको पुस्तक अध्ययन र लेखनशैलीमा प्रदर्शनीले थप टेवा पुग्ने गीतकार शिवशंकर थापामगरले दाबी गरे । प्रदर्शनीअन्तर्गत प्रत्येक दिन स्थानीय साहित्यिक संघसंस्थाको संयोजनमा कविता वाचन, गजल वाचन, पुस्तकमाथिको छलफल, अन्तरक्रिया, वक्तृत्वकला लगायत कार्यक्रमसमेत गरिने बताइएको छ ।

प्रकाशित : माघ १६, २०७३ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?