सहरमा लभ फेस्ट

कान्तिपुर संवाददाता

काठमाडौं — ‘गेट क्लोजर एन्ड स्प्रेड लभ’ भन्ने सन्देशका साथ राजधानीमा लभ फेस्ट सम्पन्न भएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर क्लोजअपले गरेको उक्त लभ फेस्टमा द अग्लिज ब्यान्ड, निमा रुम्बा तथा लिजेन्ड ब्यान्ड, इन्दिरा जोशी, अतृप्त ब्यान्ड, हक्र्युलिस बस्नेत, सुवानी मोक्तान तथा धर्मेन्द्र सेवान प्रस्तुत भए ।

सहरमा लभ फेस्ट

साथै, लाइभ ब्यान्ड, डान्स पर्फर्मेन्स, डिजे जोनलगायत अन्य थुप्रै मनोरञ्जक कार्यक्रम प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रेमसम्बन्धी भविष्यवाणी गर्ने टेरो कार्ड रिडिङ, मनका भावना व्यक्त गर्ने लभ एक्प्रेसन, युवा जोडीहरूका लागि विशेष कपल टि–सर्टका साथै लभ इम्प्रेसनका अन्य विभिन्न बुथ पनि राखिएका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?