कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

“तारेभीर” फस्ट सो

प्रदीप मेन्याङ्बो

धरान — मध्यमवर्गीय परिवारका दुई युवतीको संघर्षमा आधारित ‘तारेभीर’ को धरानमा पहिलो प्रदर्शन गरिएको छ । अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएकी दुई दिदीबहिनीले अपराधीहरूसित गर्ने संघर्षलाई फिल्मको मूल कथानक हो । तीन दशकदेखि रंगमञ्च एवं फिल्ममा सक्रिय प्रेम सुब्बा निङ्लेकुले निर्देशनमा भने यही फिल्मबाट डेब्यु गरेका छन् ।

“तारेभीर” फस्ट सो

निर्देशक सुब्बाले समाजमा डनगिरी गर्ने खराब प्रवृत्तिविरुद्ध प्रहरी संगठनको नारी पात्रलाई लिएर फिल्म बनाइएको बताए । यो फिल्ममार्फत नै डेब्यु गरेकी रेखा फागोले फिल्ममा राम्रो अभिनय गरेकी छन् । एक्सन फिल्म भएकैले उनले मार्सल आर्ट एक वर्ष सिकेको बताइन् । प्रहरी निरीक्षकको रूपमा देखिएकी विष्णु चेम्जोङले पनि राम्रो काम देखाएकी छन् फिल्ममा । डीएसपीको भूमिकामा निर्देशक सुब्बा आफंै छन् । सोमबार पहिलो सोपछि निर्देशक सुब्बाले भने, ‘यो नारीप्रधान एक्सन फिल्म हो ।’ ‘नुमाफुङ’, ‘बलिदान’ जस्ता फिल्ममा अभिनय गरेका सुब्बालाई धुरैले अलग धारको पक्षपाती ठान्छन्, तर उनले ‘तारेभीर’ लाई फर्मुला फिल्मकै ढाँचामा बनाएको बताए ।

फिल्ममा डेब्यु गरेका नवीन कार्की, रमेश सिंह, देवकृष्ण देवान, जितेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रन्ती श्रेष्ठ, सन्तोष थेवे, रमेश अधिकारी लगायतको अभिनय छ । देउकृष्ण देवान निर्माता रहेको फिल्ममा प्रकाश गुरुङ, सनुप पौडेल, जेपी नेम्बाङ र बब्रिम शेर्माको संगीत छ भने जनक गुरुङको द्वन्द्व निर्देशन । फिल्म आउँदो जेठ २ गतेदेखि मुलुकभर रिलिज हुने निर्माता देवानले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?