गौरव–वसन्तको ‘मीतज्यू’

कान्तिपुर संवाददाता

काठमाडौं — गौरव गुरुङको शब्द र वसन्त मुकारुङको संगीत रहेको ‘मीतज्यू’ गीति एल्बमको राजधानीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार बैरागी काइँला, संगीतकार सुरेश अधिकारी, गीतकार चेतन कार्की, कवि श्रवण मुकारुङ, निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ र नेपाली वाङ्मय परिषदका अध्यक्ष शशी लुमुम्बुले लोकार्पण गरे ।

गौरव–वसन्तको ‘मीतज्यू’

वरिष्ठ साहित्यकार काइँलाले गौरव र वसन्तको साझेदारीको प्रशंसा गरे । ‘साझेदारी भएन भने कुनै गीत कविता मात्रै बन्छ,’ उनले भने । मुकारुङको संगीतमा व्यावसायिकताभन्दा स्तरीयता पाइने संगीतकार अधिकारीले दाबी गरे । कवि एवं प्राज्ञ श्रवण मुकारुङले गुरुङको शब्दमा देशभक्तिको भावना झल्किएको बताए । वरिष्ठ गीतकार चेतन कार्कीले पनि गुरुङको शब्द र मुकारुङको संगीतको प्रशंसा गरे । नेपाली संगीत क्षेत्रमा लाग्नेहरूले आफ्ना सृजनाहरूमा नेपाली माटो, हावा र पानीको सुगन्ध ल्याउन जरुरी रहेको पनि उनले औंल्याए । 

एल्बममा रिमा गुरुङ होडाले ‘रुम्जाटारे सोल्टी’, अञ्जु पन्तले ‘पानी त चिसो’, लासमित राई र अशोक मुकारुङले मेल र फिमेल भर्सनको ‘झुल्केको घामसँगै’, भीषण मुकारुङ र सुनीता थोगिम लिम्बूले ‘धेरै पछि’ र सुनीताले ‘कहिले भेडी..’ गाएका छन् । 

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?