१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘भाग्यले बाँचेकाहरू’ लाई अर्को अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौं — भूकम्पमा पुनर्जीवन पाएकाहरूको कथाव्यथा समेटिएको डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ ले फेरि अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

भारत पटनामा सम्पन्न बोधिसत्व अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यो डकुमेन्ट्रीले ८० हजार रुपैयाँसहित ‘बोधिसत्व सिल्भर अवार्ड’ जितेको हो । बिहीबार राति आयोजित अवार्ड समारोहमा फेस्टिभलको जुरी अध्यक्ष गोविन्द निहालनीले निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई अवार्डसहित नगद हस्तान्तरण गरे । फेस्टिभलमा संसारभरका ७ सय ३० वटा डकुमेन्ट्रीमध्ये प्रतिस्पर्धाका लागि ९ वटा डकुमेन्ट्री छानिएका थिए । त्यसमध्ये ‘भाग्यले बाँचेकाहरू’ ले दोस्रो स्थान हासिल गरेको हो ।

यो डकुमेन्ट्रीले गत महिना मात्रै भारतकै राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेको थियो । नेपालको महाभूकम्पमा परी चामत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ भने ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनोट भएको छ । निरन्तरको अवार्ड यात्राबाट सिंगो डकुमेन्ट्री टिम खुसी भएको निर्देशक पाण्डेले नेपाल फर्केपछि प्रतिक्रिया दिए ।

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?