पर्यटनलाई संगीत

कान्तिपुर संवाददाता

काठमाडौं — श्रुति संगीत विद्यालयले गरेको ‘श्रुति संगीत सन्ध्या–२०७३’ मा चर्चित गायकगायिकाले प्रस्तुति दिए । संगीतकार कल्याणकारी कोषको सहयोगार्थ सोमबार नेपाल पर्यटन बोर्डमा कसन्र्ट गरिएको हो । गायक नरहरि प्रेमीले ‘यही देशको लागि...’ बोलको गीतमार्फत कार्यक्रम प्रारम्भ गरेका थिए ।

उनीपछि ग्लोरी हायर सेकेन्डरी स्कुलका छात्राहरूले ‘लाग्दछ मलाई रमाइलो...’ गीतमा नृत्य देखाए । लगत्तै सुमिना लोले ‘मायाको डोरी...’ बोलको गीत सुनाइन् । गायिका कुन्ती मोक्तान र जुना प्रसाईंको प्रस्तुति रुचाइए । लोक गायक कुलेन्द्र विश्वकर्मा र कृष्ण काफ्लेले पनि गीत सुनाए । 

समारोहमा श्रुति संगीतकै विद्यार्थी सन्ध्या केसीले संगीतकार कोषलाई सहयोगस्वरूप १५ हजार रुपैयाँ हस्तान्तरण गरिन् । कोषका अध्यक्ष लक्ष्मण शेषले संगीतकर्मीकै हितका लागि कोष स्थापना गरिएको बताए । कोषबारे जानकारी फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको श्रुति संगीत विद्यालयका प्रेमीले स्पष्ट पारे । ‘देश आर्थिक रूपमा सम्पन्न भए मात्रै संगीत क्षेत्र सबल हुन्छ’, उनले भने, ‘देशलाई बलियो बनाउन पर्यटन प्रवद्र्धन आवश्यक छ ।’

प्रकाशित : फाल्गुन १७, २०७३ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?