२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गुरुदेवको सुरम्य सन्ध्या

काठमाडौं — शास्त्रीय संगीत अझैपनि लोकप्रिय रहेको पुष्टि राजधानीमा आयोजित एक कार्यक्रमले गरेको छ ।

ठुमरी र गजलमा झुम्मिने किशोरकिशोरीहरुको उपस्थिति उक्त कार्यक्रममा बाक्लै देखियो । झरीले समेत रोक्न सकेन उनीहरुलाई ।

गुरुदेवको सुरम्य सन्ध्या

शास्त्रीय संगीत अझैपनि लोकप्रिय रहेको पुष्टि राजधानीमा आयोजित एक कार्यक्रमले गरेको छ ।

ठुमरी र गजलमा झुम्मिने किशोरकिशोरीहरुको उपस्थिति उक्त कार्यक्रममा बाक्लै देखियो । झरीले समेत रोक्न सकेन उनीहरुलाई । त्यसैले त शास्त्रीय संगीतका वरिष्ठ गायक गुरुदेव कामैतले नाचघरमा ‘काहो बनाबो झुठी बतिया.....’ बोलको ठुमरी गाई रहँदा स्रोताहरु बीच–बीचमा तालीले उनलाई साथ दिइरहेका देखिए । गुरुकुल संगीत पाठशालाले शनिबार राजधानीमा आयोजना गरेको ‘गुरुदेवको २० औं सुरम्य संध्या’ मा गायक एवं संगीतज्ञ गुरुदेवले दर्शकदिर्घालाई मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राखेनन् । कार्यक्रममा शांस्त्रिय संगीत, नेपाली, मैथिली, हिन्दी र उर्दू गीत/गजल प्रस्तुत गरियो ।

पहिलो पटक उनले नेपाल भाषा(नेवारी) मा ‘झिंझुया, झिंसुया.....गीत गुन्गुनाएका थिए । गीतकार जीवराज कुंवरद्वारा रचित नेपाली गीत ‘गुञ्जियो मनमा कोइली बोली....’ गुरुदेवले फरक शैलीमा पस्केका थिए । गीतकार कालीप्रसाद रिजालको ‘मधुशाला पिउन गएको, प्यास लिएर फर्के.....’ प्रस्तुत गरिरहदा दर्शकदिर्घामा अलिक सन्नाटा झै छाएको जस्तो देखिन्थ्यो । दैनिकजीवनसंग जोडिएको विषयवस्तु समेटिएकाले यो गीत सुनिरहदा स्रोताहरु गम्भिर भएको ठम्याई जोकोहीले सजिलै गर्न सक्थे । यस गीतमा गुरुदेवको शास्त्रीय अन्दाजले प्राण नै भरिदिएको जस्तो अनुभव सबैलाई गराएको थियो । कार्यक्रममा विनित ठाकुरको मिथिलाबासीलाई उठ्न गरेको आग्रह गीत ‘उठुयौ मैथिल भेलैय भोर, चुनमुन चिरैया करय सोर......’ मा गायक खुबै जमेको देखिन्थे । अझ संगीतले मादकता भरेको थियो ।

झरीले केही ढिलोगरि कार्यक्रम शुरु भएको थियो । तर, अन्तिम समयसम्म कार्यक्रम सुन्न आएकाहरु आ–आफ्नो सीटमा बसेर मनोरञ्जन लिएका थिए । केहीले रेकर्ड समेत गरिरहेको देखिन्थे । शास्त्रीय गायक गुरुदेवको यो सोलो कार्यक्रम २० औं शृंखला थियो । कार्यक्रमको प्रायोजक नेपाल–भारत बिपी कोइराला फाउन्डेसन, टोयटालगायतले गरेको थियो ।

प्रकाशित : चैत्र ५, २०७३ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?