कलाश्री घोषणा

काठमाडौं — नेपाली कला साहित्य डट कम प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको कलाश्री सम्मान तथा पुरस्कार शनिबार घोषणा गरिएको छ । वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठलाई यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

पुरस्कार भने वरिष्ठ रंगकर्मी हरिहर शर्मा र शकुन्तला शर्मालाई दिने निर्णय गरिएको बताइएको छ । नेपाली रंगकर्ममा पुर्‍याएको योगदानबापत् १ लाख रुपैयाँ र ताम्रपत्र रहेको यो पुरस्कार शर्मा दम्पतीलाई दिन लागिएको हो । 

त्यसैगरी, ५० हजार रुपैयाँ र सम्मानपत्रसहितको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ भने कवि मनु मञ्जिललाई दिइने बताइएको छ । २५ हजार रुपैयाँ र सम्मानपत्रसहितको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ कवि तथा साहित्यिक पत्रकार शशी लुमुम्बुलाई प्रदान गरिने भएको छ । 

आधुनिक नेपाली कविता साहित्यमा योगदान पुर्‍याएबापत् मञ्जिललाई र साहित्यिक पत्रकारिताको प्रवद्र्धनमा योगदान पुर्‍याएबापत् लुमुम्बुलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानले जनाएको छ । सम्मान र पुरस्कार चैत १७ मा वितरण गर्ने जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको अध्यक्षमा हालै बसेको बैठकले पुरस्कार र सम्मानसम्बन्धी निर्णय लिएको हो । 

प्रकाशित : चैत्र ६, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?