१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कमेडियन कपिलले कुटे सहकर्मी

मुम्बई — चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई हातपात गरेको समाचार सार्वजनिक भएको छ । ग्रोभर कपिलको शो कमेडी नाइट्स वीथ कपिलमा डाक्टर मसुर गुलाटीको नाममा अभिनय गर्ने गर्छन् ।

कमेडियन कपिलले कुटे सहकर्मी

अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम सकाएर भारत फर्किने क्रममा कपिलले एयर ईन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट गरेको समाचार सार्वजनिक भएको हो ।

कपिलको नजिकको स्रोतलाई उल्लेख गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–ग्रोभर आफ्नो सिटमा बसिरहेको बखत कपिल शर्माले उनीमाथि हातपात गरेका हुन् ।

समाचारमा जनाइए अनुसार रक्सीले मातेका कपिलले ग्रोभरलाई ‘तँ मेरो नोकर होस्’ भन्दै कुटपिट गरेका हुन् ।

प्रकाशित : चैत्र ६, २०७३ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?