कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुर्मुस–सुन्तलीका सत्कर्म डकुमेन्ट्रीमा

काठमाडौं — कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को सामाजिक अभियानमा बेखबर नेपाली सायदै कम होलान् । देशमा होस् या विदेशमा यो जोडीको सत्कर्मले उनीहरुप्रति श्रद्धा जगाउँछ ।

धुर्मुस–सुन्तलीका सत्कर्म डकुमेन्ट्रीमा

भूकम्पले खुला आकाशमुनि जीवन छाडा छाडेकाहरुलाई न्यानो, बलियो घरसम्म ल्याएका उनीहरु अहिले तराईको अति पिछडिएको समूदायको सिरेटो रोक्न महोत्तरी पुगेका छन् । काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरानचौरका भूकम्पपीडितलाई घर बनाएर तराई झरेका धुर्मुस–सुन्तलीले अबको चार सातामा मुसहर वस्तीलाई लोभलाग्दा घर उपहार दिंदैछन् ।

नेपालमा कलाकारको भविष्य अझै सुरक्षित छैन । आफ्नो भविष्यको कुनै चिन्ता नलिएका धुर्मुस–सुन्तलीले गरेको सेवाले भने जनताको सेवा गर्न बसेका राजनीतिक दल, तिनका नेता र अर्बौं रुपैयाँ तलबमा मात्रै बुझ्दै आएको कर्मचारी प्रशासन पनि पानी पानी हुन्छ ।

हो, यही जोडीको कथालाई सञ्चारकर्मी राधाकृष्ण धितालले संक्षिप्त डकुमेन्ट्रीमार्फत देखाएका छन् । ‘धुर्मुस सुन्तलीलाई धेरैले पैसा सहयोग गरे, हुनेले सरसामान पनि सहयोग गरे,’ उनी भन्छन्, ‘एक टेलिभिजन पत्रकारको नाताले उनको अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुगोस् भनेर डकुमेन्ट्री निर्माण गरेको हुँ ।’

अंग्रेजीमा बनाइएको डकुेमन्ट्रीमा धुर्मुस सुन्तलीको तीनवटै सामाजिक आयोजनाहरुको अभिलेखिकरण गरिएको छ । काम गर्दाका कथा व्यथाको त महाभारत नै बन्ला, तर केही अंशहरु समेटिएका छन् ।

आशा छ मुसहर बस्तीमा आर्थिक संकट व्यहोरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई केही राहत मिल्ला कि ?

प्रकाशित : चैत्र ६, २०७३ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?