कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अंशु ‘मिस नेवा: पोखरा’

लेखनाथ — फाइनलको निर्णायक राउन्डका प्रतिस्पर्धीहरू मञ्चमा थिए । उनीहरूलाई एउटी महिलाले डोकामा बच्चा बोकेर हिँडिरहेको तस्बिर देखाएर विवेचना गर्न भनियो । अन्तिममा प्राय: प्रश्न सोधिने सौन्दर्य प्रतियोगिताभन्दा पृथक् किसिमले निर्णायकले तस्बिर देखाएर विवेचना गर्न भनेपछि प्रतिस्पर्धीहरू अकमक्क परे ।

अंशु ‘मिस नेवा: पोखरा’

सबैले आफ्ना धारणा राख्दै गए । पालो आयो अंशु शाक्यको । उनले भनिन्, ‘भगवान सबै ठाउँमा पुग्न सक्दैनन् । त्यही भएर धर्तीमा आमा पठाएका हुन् । आमाले हरतरहको कष्ट सहेर सन्तानलाई खुसी राख्छिन् । आफूले दु:ख भोगेर सन्तानको सुख चाहन्छिन् ।’

पोखरा सभागृह तालीले गुञ्जायमान भयो । उनै अंशुले ‘मिस नेवा: पोखरा’ को उपाधि जितिन् । पूर्वविजेता एलिसा जोशीले २० वर्षीया अंशुलाई चाँदीको ताज पहिराइन् । अंशुले शनिबार मिस ट्यालेन्टको टाइटल पनि हात पारिन् । निर्णायकले सोधेका प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले १७ जनालाई पछाडि पारिन् । उनले ४० हजार रुपैयाँ, ३२ इन्चको एलईडी टीभी तथा गिफ्ट ह्याम्पर पनि पाइन् ।

नेवा: खल: कास्कीद्वारा आयोजित प्रतियोगितामा निकिता लिगल फस्र्ट रनरअप, प्रार्थना डंगोल सेकेन्ड रनरअप बने । रसना बुद्धाचार्यले भ्युअर्स च्वाइस अवार्ड र बेस्ट नेवारी ल्यांग्वेजको टाइटल जिते । ज्यास्मिन श्रेष्ठ बेस्ट स्माइल, श्रद्धा श्रेष्ठ मोस्ट फ्रेन्ड्ली र सिमरन श्रेष्ठ मिस फोटोजेनिक दरिए ।

कृष्णमोहन श्रेष्ठ, शान्ति उदास, निरञ्जन श्रेष्ठ, रत्नकाजी महर्जन, राजभाइ ज:कमी र आरती श्रेष्ठ प्रतियोगिताका निर्णायक थिए । नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले युवा पुस्ताका माध्यमबाट नेवारी भाषा संस्कार र संस्कृति जगेर्ना गर्न प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?