१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिलो फिल्म सफल भए पनि दीपिकालाई हलिउड फिल्मबाट आएन अफर

एजेन्सी

मुम्बई — भिन डिसेलसँग ट्रिपल एक्स : रिटर्न अफ जान्डरको सफलतापछि हलिउडमा दीपिका पादुकोनेको नाम चर्चामा भए पनि उनलाई अन्य फिल्मबाट अफर भने आएको छैन् ।

पहिलो फिल्म सफल भए पनि दीपिकालाई हलिउड फिल्मबाट आएन अफर

फिल्मले बक्स अफिसमा सुपरहिट भए पनि डिसेलसँग रोमान्स गरेकी नायिकालाई भने अर्को फिल्मको सूची छैन । हल्लाअनुसार डिसेलले दीपिकालाई अन्य फिल्मको लागि पनि सहयोग गर्ने बचन दिएका छन् ।

तर, दीपिकाले भने आफूलाई डिसेलले कुनै बाचा नगरेको दाबी गर्दै भन्छिन्,‘अहिले हलिउडबाट मलाई कुनै कामको अफर आएको छैन ।’

उनी अहिले सञ्जय लिला भन्सालीको पद्मवती फिल्ममा व्यस्त छिन् । जसमा रणवीर सिंह र साहिद कपुर पनि साथमा छन् ।

जयपुरमा राजपुत कर्नी सेनाले विरोध गरेपछि केही समयको लागि फिल्मको सुटिङ भने रोकिएको छ ।

प्रकाशित : चैत्र १२, २०७३ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?