सेलिब्रिटी आमाहरू

मधु शाही

काठमाडौं — बलिउड अभिनेत्री करिना कपुरले सुत्केरी भएको एक महिनामै शरीरको तौल घटाएको समाचारले चर्चा पाएको थियो । यसले पुष्टि गर्छ, सेलिब्रिटी आमाहरू आफ्नो शरीर र करिअर दुवैबारे संवेदनशील हुन्छन् । विश्व सुन्दरी ऐश्वर्या रायले छोरी पाएपछि फिल्म क्षेत्रमा पाएको अचिभमेन्ट सबैका लागि उदारहण नै बन्यो ।

सेलिब्रिटी आमाहरू

यसमा उनले गरेको कामको भन्दा पनि उनलाई कमब्याकपछिको लुक्समा हेर्ने दर्शक चासो बढी थियो । सदावहार मानिने नेपाली अभिनेत्री करिश्मा मानन्धरले पनि साबित गरेकी छन्– आमा हुँदैमा करिअरमा ब्रेक लाग्दैन । यिनकै बाटो पच्छयाउँदै अन्य नेपाली आमा सेलिब्रिटीहरू पनि यति बेला करिअरमा कमब्याक भएका छन् । 

भनिन्छ– कला यस्तो क्षेत्र हो, जहाँ कुनै कुराजस्तो देखिन्छ त्यसले त्यहीअनुसारको भाउ पाउँछ । यो भनाइमा अभिनेत्री सञ्चिता लुइँटेल समर्थन जनाउँछिन् । दुई सन्तानकी आमा यी सेलिब्रिटी फिल्म क्षेत्रमा कमब्याक हुन फिगरलाई ख्याल गर्नैपर्ने बताउँछिन् । यस अर्थमा शरीर मेन्टेन नगरी नहुने उनको तर्क छ ।


‘अभिनय त चाहिन्छ नै, त्यसमा पनि ग्ल्यामर फिल्डले लुक्सको पनि डिमान्ड गर्छ,’ उनी भन्छिन्, ‘त्यसैले जीउडाल मिलाउनै पर्छ ।’ फिल्म ‘राधा’ पछि अहिले ‘गुनगुन’ फिल्ममा व्यस्त सञ्चिता यतिबेला आफ्नो पुरानो करिअरलाई उचाइमा पुर्‍याउन संघर्ष गर्दै छिन् । ४५ केजी तौल भएकी सञ्चिता आमा भएपछि ८६ सम्म पुगेकी थिइन् । उनलाई फेरि उही तौलमा आउँछु भन्ने लाग्दैन थियो । तर, मिहिनेत र डेडिकेसन भए के सम्भव हुँदैन र ? रेगुलर एक्ससाइज, खानपिनमा ध्यान दिएर उनी अहिले ५२ केजीमा झरेकी छन् । ‘चाहें भने पहिलेकै फिगरमा सजिलै आउन सक्छु,’ उनी सुनाउँछिन्, ‘तर, अहिले यत्तिकैमा फिगर फिट राख्छु ।’ 

पूर्वमिस नेपाल माल्भिका सुब्बा एक छोराकी आमा हुन् । बच्चा जन्माउने बेलासम्म उनी ८४ केजीकी थिइन् । यतिबेला उनले २८ केजी घटाएकी छन् । तीन महिनामै उनले आफ्नो फिगर ठिकठाक बनाएकी थिइन् । आफंैले निरन्तर बच्चाको स्याहार गर्ने, स्नतपान गराउनेजस्ता गतिविधिले सुत्केरी आमाको तौल अप्रत्यक्ष रूपमा घटदै जाने उनको अनुभव छ । माल्भिकाले परम्परागत सुत्केरी खानपिन भने अपनाइनन् । चाकु, घ्यू, चिल्लो र आवश्यकताभन्दा बढी खाना खानाले महिलाको शरीरमा अनावश्यक बोसो जम्ने उनले बताइन् । चार महिनामै उनले आफूलाई काममा फर्काएकी थिइन् । ‘अबको समय परनिर्भर भएर बस्ने बेला छैन,’ उनी भन्छिन्, ‘छोरो हुर्काउँदै करिअरमा कमब्याक गर्दा रमाइलो अनुभूति हुँदो रहेछ ।’ 

ग्ल्यामर फिल्डले लुक्सको पनि डिमान्ड गर्छ । त्यसैले जीउडाल मिलाउनै पर्छ ।
– सञ्चिता लुइँटेल, अभिनेत्री
-----------------
अबको समय परनिर्भर भएर बस्ने बेला छैन । छोरो हुर्काउँदै करिअरमा कमब्याक गर्दा रमाइलो अनुभूति हुँदो रहेछ ।
– माल्भिका सुब्बा, मोडल
-----------------
ग्ल्यामर फिल्डले लुक्सको पनि डिमान्ड गर्छ । त्यसैले जीउडाल मिलाउनै पर्छ ।
– उषा खडग, पूर्वमिस नेपाल एवं मोडल

अर्की पूर्वमिस नेपाल एवं मोडल उषा खडगी पनि आमा हुँदैमा करिअर रोकिँदैन भन्ने धारणा राख्छिन् । यसलाई पुष्टि गर्न उनले निकै मिहिनेत पनि गरेकी छन् । १२ वर्षकी छोरी र दुई वर्षको छोरो हुर्काउँदै उषाले मोडलिङ करिअरलाई निरन्तरता दिइरहेकी छन् । साथै पाँच वर्षदेखि आफ्नै बुटिक खोलेर उनले व्यवसाय पनि गरिरहेकी छन् । ‘आमा भएपछि नै म धेरै काममा सक्रिय भएँ,’ उनी भन्छिन्, ‘परिपक्वता र जिम्मेवारी बोधले अझ सिर्जनशील बनाउँदो रहेछ ।’

प्रकाशित : चैत्र १७, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?