१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

“एकसाथ दुइटा क्लाइमेक्स खिच्दै छु”

सुशील पौडेल

काठमाडौं — ‘प्रेमगीत’ पछि खस्किँदै गएको ‘साख’ उकास्न सफल निर्देशक सुदर्शन थापा यतिबेला ‘म यस्तो गीत गाउँछु’ बाट थप उचाई लिने आशासहित सुटिङमा तल्लीन छन् । फागुन १२ देखि फ्लोरमा लगिएको फिल्मको सुटिङ युनिट उपल्लो मुस्ताङसम्म पुग्न अझै बाँकी नै छ । तर रिलिज मिति भने असार ३० लाई निश्चित गरिसकेका छन्, निर्मातासमेत रहेका सुदर्शनले ।

 “एकसाथ दुइटा क्लाइमेक्स खिच्दै छु”

‘मेरो एउटा साथी छ’ मार्फत लभस्टोरी फिल्मका उम्दा निर्देशक बन्ने सम्भावना देखाएका सुदर्शनबीचमा केही फिल्मबाट दर्शक रुचि बुझ्न सकेनन् । ‘लभस्टोरी बनाइरहेको बेला ‘धन्दा’ फिल्मले मलाई थ्रिलर जानरामा चिनाए पनि त्यसपछिको ‘मधुमास’ अलिकति बिग्रियो ।

र्शकमा हाइप क्रिएट गर्न सकेन । लगत्तैको ‘चंखे शंखे पंखे’ मेरो च्वाइसको फिल्म नै थिएन । आन्तरिक कारणले गर्दा बाध्यात्मक रूपमा गर्नुपर्‍यो,’ सुदर्शनले स्विकारोक्तिमा थपे, ‘म त्यो फिल्मको स्क्रिप्टमा त्यति इन्भल्भ हुन सकिनँ । सायद देशभक्तिको विषयमा मेरो त्यति ज्ञान नभएर पनि होला । ‘प्रेमगीत’ पछि त म आफ्नो ट्रयाकमा आइहालें । अब अझ माथि जानु छ मलाई ।’ उनी आफूलाई लभस्टोरी जानरामा बढी इन्जोय गर्ने बताउँदा बताउँदै पनि ‘म यस्तो गीत गाउँछु’ लगत्तै कमेडी फिल्म बनाउने सोचमा रहेछन् ।

सुदर्शनले नौ/दस फिल्म निर्देशन गरिसके । तर अझै पनि नयाँ फिल्म गर्नुअघि नर्भस हुने गर्छन् । ‘यो फिल्म गर्दा पनि भएँ’ खासमा उनी यसपटक अहिलेसम्मकै ठूलो टिमसहित फ्लोरमा भएकोले मात्रै नभई निर्मातासमेत भएकोले पनि जिम्मेवारीबोधले डराएका हुन् रे । ‘सुटिङअघि एकदम डर लागेको थियो । तर सुरु भएपछि सबै आफैं मिल्दै आएको छ,’ उनले भने । ‘प्रेमगीत’ पछि यसैकी गीत उर्फ पूजा शर्मा र पल शाहलाई लिएर फेरि लभस्टोरी जानरामै दोहोरिएका सुदर्शनले केही फरक गरिरहेको दाबी गरे । भने, ‘‘हुन त ‘म यस्तो गीत गाउँछु’ पनि लभस्टोरी फिल्म नै हो । तर त्यति भईकन पनि अलिकति भिन्न छ । फरक खालको विषयमा स्क्रिनप्लेमा केही चेन्ज गर्न खोजेको छु ।’

पछिल्लो समय यहाँ आफ्नै समाजभित्रका कथामा फिल्म बनाउने लहर छ । दर्शकले पनि त्यस्ता फिल्मलाई धेरै हदसम्म अर्गानिक स्वादको मानिदिएका छन् । सुदर्शनले चाहिँ यसमा नेपालीपन झल्काउने केही उपाय गरिरहेका होलान् त ? ‘यसमा म केही कन्फयुज्ड छु,’ कुरोको चुरो फुकाउँदै उनी बोले, ‘प्राय:ले एकदम दु:खी कथाहरू र टिपिकल बनाएकोलाई अर्गानिक नेपाली फिल्म भन्छन् । के सहरी कथाको फिल्मचाहिँ नेपाली हैन र ? नेपालीहरू सबै दु:खी मात्रै त छैनन् नि । सुखी छन्, सुकिला छन् । बाटोले थेग्नै नसक्ने गरी यतिधेरै मान्छे गाडी चढ्छन्, राम्रो घरमा बस्छन् ।

नेपालीको सोच पनि ठूलो छ भन्ने भावनालाई म फिल्ममा देखाउन चाहन्छु ।’ उनी सुकुम्बासी बस्तीमा बस्नेले पनि ठूलो सोच राख्न सक्ने तर्क गर्दै आफु त्यस्ता चरित्रलाई पनि ठूलो क्यानभास देखाईदिन रुचाउने निर्देशक मान्छन् । ‘जसरी ‘प्रेमगीत’ मा एउटा मात्रै छोरा वा छोरी हुनेको घर–घरको इमोसनलाई सम्बोधन गर्न सकेको थिएँ । ‘म यस्तो गीत गाउँछु’ लभसँग जोडिएको छ । लभले मान्छेलाई कतिसम्म चेन्ज गर्छ ? लभले एउटा क्यारेक्टरलाई ट्रान्सफर्म त गर्ला तर त्यसपछि फेरि लभ फिलिंग्स नै भएन भने के होला ? फिल्ममा यस्तै किसिमको ट्रिटमेन्ट छ । हेर्दा आफ्नै कथा वा छरछिमेकीको कथा जस्तो लाग्छ होला’ सुदर्शनले फिल्मको बेलिबिस्तार लगाए ।

‘म यस्तो गीत गाउँछु’ मा ‘प्रेमगीत’ का प्रदीपलाई दर्शकले खोज्लान्/नखोज्लान् हेर्न बाँकी नै छ । तर निर्देशकका रूपमा सुदर्शनले चाहिँ कत्तिको मिस गरे ? ‘गरेको छैन,’ कारणमा सुदर्शन बोले, ‘यो उसलाई सुट हुने चरित्र नै हैन । उसको पर्सनालिटी अलिकति चकलेटी छ । त्यसैले पनि ‘प्रेमगीत’ मा अलिकति लजालु, केटीबाट डोमिनेन्ट चरित्रमा ऊ थियो । तर यसमा म्यान्ली, रफ केटा पछि गएर लभरब्वायमा ट्रान्सफर्म हुने चरित्र हो । पलको लुक्समा त्यो दुवै गुण छ । त्यसैले पनि प्रदीपलाई खासै मिस गर्नु परेन ।’ प्रदीप र पूजाको रुचाइएको जोडी नहुँदा केही रिस्क फिल पनि गरेका निर्देशक थापा पूजा र पललाई दर्शकले आत्मसात गर्नेमा पनि ढुक्क रहेछन् । ‘हो, ‘मेरो एउटा साथी छ’ बाट आर्यन सिग्देल र नम्रता श्रेष्ठको रोमान्टिक जोडी जन्मियो । ‘प्रेमगीत’ बाट प्रदीप र पूजाको जोडीले आर्यन–नम्रतालाई पनि बिट गरिदियो । मान्छेले एकदम रुचाए । तर अहिले सुटिङ गरिरहँदा पल र पूजाको जोडी झन् माथि जान्छ जस्तो लाग्छ,’ उनले भने ।

‘प्रेमगीत’ मा ट्रयाजिक इन्ड गरेर सेम्पेथी लिन खोजेको पनि कुरा सुनेका थिए सुदर्शनले । यसपटक पनि त्यस्तै हुने हो ? प्रश्न तेर्सिएपछि उनले योजना सुनाए, ‘यसपालि मैले ट्रयाजेडी र हयाप्पी दुईवटै इन्डिङ राखेर क्लाइमेक्स खिच्दै छु । इडिटिङपछि मात्रै कुन इन्डिङ राख्ने भनेर फाइनल गर्छु । ‘प्रेमगीत’ मा क्यारेक्टरलाई मार्नु जरुरी थियो जस्तो लाग्छ मलाई । फिल्मभरि केटा र केटीबीच रोमान्स छ । अनि लभ, लभ भएर इन्डिङ पनि लभमा नै टुंगिएको भए त्यति मजा आउँथेन होला । रोमान्स हुँदै स्याडमा पुर्‍याउन जरुरी देखें । यसमा चाहिँ फिल्म भित्रै उतार चढाव छ । त्यसैले पनि म इन्डिङको निचोडमा पुगिसकेको छैन ।’

प्रकाशित : चैत्र २२, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?