कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अभिनेता क्षेत्रीलाई ३ लाख

अस्ट्रेलिया — अस्वस्थ रहेका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ अस्ट्रेलियामा करिब ३ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । संकलित रकम अहिले सांगीतिक यात्रामा रहेका गायकद्वय सत्यराज र स्वरूपराज आचार्यमार्फत कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने भएको छ ।

अभिनेता क्षेत्रीलाई ३ लाख

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाले कलाकार क्षेत्रीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले केही दिनअघिदेखि सहयोग संकलन सुरु गरेको थियो । चार दिनसम्म मात्र सहयोग संकलन गरेको समाजले ३ हजार २ सय ५८ डलर संकलन गरेको थियो । 

कलाकारहरू अस्वस्थ हुँदा थोरै मात्रामा भए पनि सहयोग पुर्‍याऔं भन्ने उद्देश्यले आफूहरूले सहयोग संकलन गरेको महासचिव मिलन दाहालले बताए । समाजले सहयोग संकलन बन्द गरिसकेको र आवश्यक परे पछि फेरि सहयोग संकलन गर्नेसमेत उनले बताए । समाजले नेपालबाट कलाकारहरू अस्ट्रेलियामा ल्याएर विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै कलाकारहरूको सहयोगका लागि समेत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । समाज अध्यक्ष ईश्वर पोखरेलले नेपालबाट आएका कलाकारद्वय सत्य–स्वरूपको माध्यमबाट उक्त सहयोग रकम कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने जानकारी दिए । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?