विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

काठमाडौं — काठमाडौं करिव-करिव लोडसेडिङमुक्त भएको छ । चामत्कारिकरुपमा लोडसेडिङ अन्त्य गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वाधिक चर्चामा छन् ।

विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । सरोज ओली निर्देशित छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ ।

प्राधिकरणका चर्चित पात्र कुलमानको भूमिकामा देखिएका छन् अभिनेता क्या. विजय लामा । राजेश हमाल भने बहालावाला ऊर्जामन्त्री जनार्दन शर्माको भूमिकामा छन् ।

निर्देशक ओलीले प्राधिकरणका विगतका बेथितिलाई गहिरो अध्ययन गरेर नै फिल्ममा उतारिएको बताए । 

फिल्मको कथा अभिमन्यु निरवीको रहेको छ । फिल्ममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । 

प्रकाशित : वैशाख ७, २०७४ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?