३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एकनारायणको म्युजिक भिडियो

संगीत

काठमाडौं — एकनारायण भण्डारी लोकदोहोरीका क्षेत्रमा सुपरिचित गीतकार हुन् । नेपाली जनजिब्रोमा झुन्डिने कैयौं गीत दिएका भण्डारी केही वर्षयता मनोरञ्जनका लागि मात्रै भन्दा पनि सन्देशमूलक गीतिकारितामा लागिपरेका छन् । यही मेसोमा हालै उनी नयाँ गीत र त्यसको म्युजिक भिडियोसहित आएका छन् :

एकनारायणको म्युजिक भिडियो

हे भगवान्, पर्‍यो जवाफ दिन
उनलाई मात्र माया गर्ने मुटु दिएर मलाई
उनैलाई मैले नपाउने भाग्य लेख्यौ किन ?

विष्णु माझी र रामजी खाँडले गाएको यो गीतमा भण्डारीले महिलालाई पृथ्वीसँग तुलना गरेका छन् । पृथ्वीझैं महिलाले पनि दु:खसुखका अनेक पत्र सँगाल्नुपर्ने बाध्यता रहेको यथार्थ यसमा व्यक्त गर्न खोजिएको छ ।

भण्डारीकै लय रहेको म्युजिक भिडियोमा रञ्जिता गुरुङ, महेन्द्र गौतम र जनकले खेलेका छन् ।

प्रकाशित : वैशाख २५, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?