कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस/मिसेस लमजुङ

आश गुरुङ

लमजुङ — जिल्लामै पहिलोपटक आयोजित मिस एन्ड मिसेस लमजुङ २०१७ को उपाधि बेंसीसहरका शर्मिला विश्वकर्मा र शोभा ठकुरीले जितेका छन् ।

मिस/मिसेस लमजुङ

बेंसीसहरमा शनिबार भएको फाइनलमा १०/१० जना प्रतियोगीलाई उछिन्दै शर्मिला र शोभा विजेता बनेका हुन् । शर्मिलाले मोस्ट ट्यालेन्ट र शोभाले मोस्ट पपुलरका साथै मोस्ट ट्यालेन्टको सब–टाइटल पनि पाए । विजेताहरूलाई २५ हजार रुपैयाँ बराबरको ‘फ्री–सिप’ सँगै विभिन्न पुरस्कार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरियो । मिस लमजुङ विजेतालाई राष्ट्रियस्तरमा हुने मिस नेपाल आइडल तथा मिस ब्युटी क्विनमा सहभागिताका लागि आवश्यक तालिम र अन्य सामग्री पनि नि:शुल्क प्रदान गरिने आयोजक अमेजन इन्टरटेनमेन्टका निर्देशक कमल खतिवडाले बताए ।

मिस लमजुङतर्फ सबिना रानामगर फस्ट रनरअप र रेश्मा घिमिरे सेकेन्ड रनरअप घोषित भए । मिसेस लमजुङतर्फ रेक्सोना श्रेष्ठ फस्ट रनरअप र बबी श्रेष्ठ सेकेन्ड रनरअप भए । 

विजेताहरूलाई नायक सरोज खनाल, मोडल कला सुब्बा, नायिका अशिष्मा नकर्मी, ब्युटिसियन नेपाल २०१७ की विजेता सुधा गुरुङलगायतले अवार्ड वितरण गरेका थिए ।

प्रकाशित : वैशाख २५, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?