कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘मैंरिमो’ले रुवायो दर्शकलाई

न्युयोर्क — गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र‘मैंरिमो’को प्रिमियर शो आईतबार सम्पन्न भएको छ । विगोयान्त कथाबस्तुमा आधारित चलचित्रले धेरै दर्शकहरुलाई रुवाएको थियो । चलचित्र हेरेपछि कान्तिपुरसंग प्रतिक्रिया दिंदैं सुभाष गुरुङले भने, ‘रोजगारीको सिलसिलामा हुने दुख र अप्रत्यासित मृत्युले मनै कुडियो । कताकता कथा आफनै वरिपरि घुमे जस्तो लाग्यो ।’

‘मैंरिमो’ले रुवायो दर्शकलाई

स्थानीय गुलसन थिएटर ढाका क्लबमा चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो । हल दर्शकहरुले खचाखच भरिएको थियो । गुरुङ भाषाको शब्दावली ‘मैंरिमो’ अर्थ हो तिमीलाई सम्झिरहेको छु ।


चलचित्र मुलत वैदेशिक रोजगारीमा आईपर्ने कठिनाई लाई प्रस्तुत गरिएको छभने कथाको अन्त्यतिर शिक्षाको महत्वलाई जोड दिईएको छ । निर्माता एवम नायक प्रेम गुरुङले पहिलो प्रर्दशनले आफु र आफनो टिम उत्साहित भएको प्रतिक्रिया दिए । न्युयोर्कपछि ब्रुनाई, बेलायत, हंगकंग लगायत नेपालमा प्रर्दशनको तयारी भईरहेको उनको भनाई थियो ।

कार्यक्रममा चलचित्रको प्रर्दशनीबाट उठेको एक लाख रुपियाँ, गरिब जेहेन्दार नेपाली युवा बैज्ञानिक राजन गुरुङलाई प्रदान गरिएको थियो । न्युयोर्कमा रहेका सम्पुर्ण गुरुङ कलाकारहरुलाई सम्मान गरिएको थियो ।
मुनाल ब्यानर फिल्मसको प्रस्तुती रहेको चलचित्रको निर्देशन भोजबहादुर गुरुङले गरेका छन्भने चलचित्रको मुख्य भुमिकामा नायिका सपना गुरुङ छिन् । नायक गमन घले छन् । गीतकार आश गुरुङ, प्रेम गुरुङ र अमिर गुरुङको रहेको छ । नवनायिकामा सोनु गुरुङ छिन् । चलचित्र दुई घण्टा लामो छ ।

हालसम्म नेपालमा गुरुङ भाषाका ८५ वटा चलचित्र निमार्ण भईसकेका छन् ।

प्रकाशित : वैशाख २६, २०७४ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?