१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

घरेलु दर्शक बढाउन हेटौंडामा अवार्ड

काठमाडौं — गत वर्ष पोखरामा आठौं संस्करणको आयोजनसँगै राजधानीबाट विकेन्द्रित भएको डी सिने अवार्ड यसपटक हेटौंडामा हुने भएको छ ।

घरेलु दर्शक बढाउन हेटौंडामा अवार्ड


डिजिटल फम्र्याटमा बनेका फिल्मलाई लक्ष्य गर्दै गर्न थालिएको उक्त अवार्डको नवौं संस्करणका लागि गत वर्ष रिलिज फिल्मको दर्ता प्रक्रियासँगै जुरीहरूबाट फिल्म हेर्ने काम चलिरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । 
डी सिने अवार्डमा निर्देशक मोहन निरौलाको संयोजकत्वमा पत्रकारद्वय विजयरत्न तुलाधर र डब्बु क्षत्री तथा संगीतकार सन्तोष श्रेष्ठ, छायाँकार शबनम मुखिया निर्णायकमा छन् । 
‘हामीले गत वर्षदेखि अवार्डलाई मोफसलमा लगिरहेका छौं र यसलाई निरन्तरता दिँदै यसपालि हेटौंडामा गर्न लागेका हौं,’ पछिल्ला वर्षमा स्वदेशी अवार्ड विदेशमा सञ्चालन गर्ने हीम चलिरहेको सन्दर्भमा अध्यक्ष शान्तिप्रियले भने, ‘फिल्मलाई आन्तरिक रूपमै प्रवद्र्धन गर्ने उद्देश्यले हामीले मोफसलतिर अवार्ड लगेका हौं । हाम्रो फिल्मको बजार घरमा बलियो भएपछि मात्र बाहिर जानुपर्छ भन्ने मान्यता हो । किनकि हाम्रो पहिलो प्राथमिकता घरेलु दर्शक नै हुन् ।’

 

प्रकाशित : जेष्ठ २, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?