कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साइन्टिस्ट अब ‘मिस यूएसए’

मिस यूएसएको ताज यस पालि २५ वर्षीया सुन्दरी कारा म्याक्कुलोफले जितेकी छन् । कारा न्युक्लिअर रेगुलेटोरी कमिसनकी फिजिकल साइन्टिस्ट हुन् । अब उनी अमेरिकाको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा भिड्नेछिन् ।

साइन्टिस्ट अब ‘मिस यूएसए’


लास भेगासमा आइतबार साँझ आयोजित प्रतियोगितामा सोधिएको प्रश्नको जवाफका कारण काराले ताज जिते पनि त्यसले सोसल मिडियामा भने विवाद निम्त्याएको छ । उनले आफू नारीवादी नभएको तर्क गर्दै जनतामा स्वास्थ्यसम्बन्धी चेतना हुनु जरुरी रहेको बताएकी थिइन् । ‘म आफूलाई नारीवादी भनेर चिनाउन चाहँदिनँ,’ उनले निर्णायकहरूको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘हामी महिलाहरू पुरुषकै हाराहारीमा समान हुने हो । अझ खासगरी कार्यक्षेत्रमा ।’
काराले आफूले नारीवादमा भन्दा समानतामा वकालत गर्न रुचाउने बताएकी थिइन् । ताज जितेपछिको संक्षिप्त कुराकानीमा सुन्दरीले भनिन्, ‘हामी यहाँ लामो यात्राका लागि आएका हौं र गर्नु धेरै छ । घरभित्र (अमेरिकामा) त हामीले प्रगति गरिरहेकै छौं, मलाई विश्वास छ, अब हामीले एक दिन लैंगिक समानता पाउनेछौं ।’
काराको जवाफलाई सोसल मिडिया युजर्सले परम्परागत भन्दै त्यसको विरोध गरेका छन् ।
मिस यूएसएले भने उपाधि जितेर आफूलाई अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै भनिन्, ‘म अब राष्ट्रियस्तरमा धेरैभन्दा धेरै महिलालाई उनीहरूका इच्छा, आकांक्षा प्राप्तिका लागि उत्प्रेरणा जगाउन मद्दत गर्नेछु । जुनसुकै विषयप्रतिको आकांक्षा किन नहोस्, यदि आफ्नो कामलाई साँच्चिकै मन लगाएर गर्ने गरे कठिन भन्ने केही छैन भनेर बुझाउन चाहन्छु ।’
कारा त्यो कमिसनमा रहेर बालबालिकाका लागि साइन्स प्रोग्राम चलाउँदै आएकी थिइन् ।

प्रकाशित : जेष्ठ २, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?