१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘प्रेमगीत–२ मा बर्मा र नेपालको कथा’

काँकडभिट्टा — ‘प्रेमगीत २’ मा नेपाल र बर्माको कथा रहेको र यो चाखलाग्दो भएको लेखक/निर्देशक रामशरण पाठकले बताएका छन् ।

‘प्रेमगीत–२ मा बर्मा र नेपालको कथा’


‘यो फिल्म उत्कृष्ट बनेको छ,’ पोस्ट प्रोडक्सनमा रहेको फिल्मबारे उनले सोमबार यहाँ भने, ‘बर्मा र नेपालको कथाले फिल्मलाई इन्ट्रेस्टिङ बनाएको छ । बर्मा र थाइल्यान्ड पुगेर सुटिङ गरेका छौँ । ती दुई देशमा रहेका नेपालीभाषीको जनजीवन चित्रण गरेका छौँ ।’
उनका अनुसार, ‘प्रेमगीत–२’ को शीर्षगीतको कभर प्रतियोगिता हुने भएको छ । ‘कहानी यो प्रेमगीतको...’ गीत रोहितजोन क्षत्री र श्रेया सोताङले गाएका हुन् । प्रतिभा प्रस्फुटनको उद्देश्यले कभर गीत प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए । अघिल्लो वर्ष ‘प्रेमगीत’ रिलिजपूर्व पनि यस्तै प्रतियोगिता गरिएको थियो । 
कभर सङ वैशाख १८ देखि असार २० सम्म युट्युबमा अपलोड गर्नुपर्ने सुनाउँदै उनले थपे, ‘उत्कृष्ट गायक र गायिकालाई एक–एक लाख पुरस्कारसहित अर्को फिल्ममा गीत गाउने अवसर प्रदान गर्नेछौँ ।’ यसअघि सागर संसार राई पहिलो भएका थिए । उनले ‘प्रेमगीत २’ मा गाउने अवसर पाएका छन् ।
भदौ १ गते फाइनल राउन्डमा छनोट भएकालाई सहभागी गराइनेछ । युट्युबको भ्युअर्सका आधारमा १० जना र जजको चयनबाट ५ जना गरी १५ जना छानेर दुई जनालाई उत्कृष्ट घोषित गरिनेछ ।
निर्देशक पाठकसहितको टोली फिल्म प्रमोसनसँगै कभर सङ कम्पिटिसनका लागि सिक्किम पुगेर फर्किएको छ । उक्त फिल्म साउन १३ मा रिलिज हुँदै छ ।

प्रकाशित : जेष्ठ २, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?