२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अनुले जितिन् एक्टिङ कम्पिटिसन

काठमाडौं — अभियनको प्रतिस्पर्धात्मक रियालिटी टीभी सो नेसनल एक्टिङ कम्पिटिसनको उपाधि गुल्मीकी अनु थापाले जितेकी छन् ।

अनुले जितिन् एक्टिङ कम्पिटिसन

२४ वर्षीया थापाले मुलुकभरबाट सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित २ लाख ५० हजार रुपैयाँबराबरका गिफ्ट हयाम्पर जितिन् । साथै, आयोजकले अनुलाई फिल्म तथा विज्ञापन खेल्ने अवसर दिलाउनेछ ।

प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्ज्वल अधिकारी तेस्रो भए । प्रतियोगितामा अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र निर्देशक अनुप बराल निर्णायक थिए ।

प्रतिभावान् कलाकार जन्माउने उद्देश्यले सञ्चालित नेसनल एक्टिङ कम्पिटिसन आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । निर्णायक अनुपसँगै (स्वर्गीय) विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रतियोगीलाई अभिनयका विभिन्न प्रशिक्षणसमेत दिएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?