कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउडकी ‘सुपर मम’ को निधन

हिन्दी फिल्मकी लोकप्रिय अभिनेत्री रिमा लागुको निधन भएको छ । उनको चार दशक लामो अभिनय यात्रा बिहीबार बिहान मुम्बईमा टुंगिएको हो । ५८ वर्षीया अभिनेत्रीलाई हार्ट अटयाक भएपछि स्थानीय अस्पतालमा भर्नुा गरिएको थियो । त्यहीँ उनले अन्तिम सास फेरिन् ।

बलिउडकी ‘सुपर मम’ को निधन

रिमा प्राय: आमाको भूमिकामा देखिने गर्थिन् । त्यसैले उनलाई ‘सुपर मम’ पनि भन्ने गरिन्थ्यो । ब्लकबस्टर ‘वास्तव’ मा उनले निर्वाह गरेको सञ्जय दत्तकी आमाको भूमिका बलिउडमा माइलस्टोनमध्ये गनिन्छ ।
सुरुमा रंगकर्ममा रमाइरहेकी रिमाले सन् १९७९ मा मराठी फिल्ममार्फत ठूलो पर्दातिरको यात्रा थालेकी थिइन् । मराठी र हिन्दी गरी एक सयभन्दा बढी फिल्ममा उनी चरित्र अभिनेत्रीमा देखिइन् । ती भूमिकामा उनलाई रुचाइयो पनि । ‘कयामत से कयामत तक,’ ‘मैंने प्यार किया,’ ‘आशिकी,’ ‘हिना,’ ‘साजन,’ ‘शोला और शबनम,’ ‘यस बोस,’ ‘हम आपके हैं कौन,’ ‘रंगीला,’ ‘जुडवाँ,’ ‘कुछ कुछ होता है,’ ‘कल हो ना हो’ उनले खेलेमध्येका केही हिट फिल्म हुन् ।

उनी काँचको पर्दामा पनि लोकप्रिय थिइन् । ‘श्रीमान् श्रीमती’ र ‘तू तू मैं मैं’ उनले खेलेमध्येका सर्वाधिक लोकप्रिय टेली सिरियल मानिन्छन् । पछिल्लो समय उनी महेश भट्ट निर्देशित सिरियल ‘नामकरण’ मा देखिइरहेकी थिइन् ।

रिमाको असामयिक निधनले बलिउड शोकमा परेको छ । बलिउडकर्मीहरूले उनीप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनको बिहीबारै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?