कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्समा सिन्ड्रेला ऐश

गतवर्ष आयोजित कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पर्पल लिपिस्टिकमा क्याटवाक गरेकी बलिउड नायिका ऐश्वर्या राय बच्चनको पहिलो पटक सौन्दर्यको विरोध भयो ।

कान्समा सिन्ड्रेला ऐश

अधिकांशले उनले छनोट गरेको कलरबारे टिप्पणी गर्दै नायिकालाई सुट नगरेको प्रतिक्रिया दिएका थिए । सोसल साइटमा कन्ट्रोभर्सी बढ्दै गएपछि ऐशले उक्त छनोट आफ्नो नभई आफू एम्बेसडर रहेको मेकअप ब्रान्डको भएकोले आफ्नो लुक्सको जश वा अपजश सबै उसैको पोल्टामा हाल्दिएर आफू उम्किएकी थिइन् । 
पछिल्लो तीतो अनुभव सँगालेकी ऐश यस पटकको कान्समा भने धमकेदार शैलीमा प्रस्तुत भएकी छन् । ७० औं कान्स फिल्म फेस्टिभलमा माइकल सिंकोले डिजाइन गरेको पाउडर ब्लु ब्रोकेड बल गाउनमा उत्रिएकी ऐशलाई यतिबेला भने फेसन स्टाइलिस्टले वाहवाही गरेका छन् । प्राय: बार्बी डलको उपमा पाउने ऐशलाई यसपटक भने सिन्ड्रेला भनेर टयाग दिइएको छ । २००३ मा पहिलो पटक कान्समा सहभागी भएपछि निरन्तर उपस्थित हुँदै आएकी ऐशलाई यसपटक बलिउडबाट नायिकाद्वय सोनम कपुर र दीपिका पादुकोणले साथ दिए । ऐली नामक एक फेसन म्यागाजिनले त ऐशको तस्बिर इन्स्टाग्राममा लेखेको छ, ‘के ऐश्वर्याको उमेर दस वर्ष घटेको हो ?’
कान्समा बलिउड नायिकात्रयबीच पनि तुलना भएको छ । तर दीपिकाले भने कान्स धेरै महिलाका लागि आफ्ना विविध क्षमता प्रस्तुत गर्ने उपयुक्त थलो भएकोले अविश्वसनीय प्लेटफर्म भएको जिकिर गर्दै भनेकी छन्, ‘हामी यहाँ यस अर्थमा छौं कि हामी आफैंमा सक्षम छौं । त्यसैले कसैले कसैलाई छोप्ने भन्ने प्रश्नै हुँदैन ।’ गत महिना मात्रै न्युयोर्कको एक कार्यक्रममा सेतो साटनको पोसाकमा उपस्थित दीपिकाको फेसन स्टेटमेन्टले मिक्स्ड रेस्पोन्स पाएको थियो भने कान्समा उनको फेसनले लेडी गागाको समेत ध्यान खिचेको थियो । कान्सको दोस्रो दिन फिल्म ‘लभलेस’ को प्रिमियरमा उपस्थित दीपिकाको फोटो ड्रेस डिजाइनर ब्रान्डोन म्याक्सवेलले इन्स्टाग्राममा पोस्ट गरेपछि लेडी गागाले लाइक गरेकी थिइन् ।

त्यसैगरी, शुक्रबार भएको फिल्म ‘ओक्जा’ को रेड कार्पेटमा ‘डायमन्ड्स’ गर्ल रिहाना स्ट्रपलेस सेतो गाउन र कोटमा उपस्थित थिइन् भने सुपरमोडल बेला, केन्डल जेनर लगायतका फेसन स्टेटमेन्टले पनि काफी प्रशंसा बटुलेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?