रितु र नोमिका अब्बल

अस्ट्रेलिया — नेपाली कला–संस्कृति प्रवर्द्धधनको उद्देश्यसहित यहाँ आयोजित डान्सिङ स्टारमा युवातर्फ रितु राना र बालिकातर्फ नोमिका खनाल अब्बल भएका छन् ।

रितु र नोमिका अब्बल

एडिलेड नेपालद्वारा आयोजित साउथ अस्ट्रेलिया डान्सिङ स्टारमा २० सहभागीलाई उछिन्दै यी दुई विजयी भएका हुन् । युवातर्फ आशीका राई फस्ट रनर अप र एसिला श्रेष्ठ सेकेन्ड रनर अप भए । इमेज शाहीले जुरी अवार्ड हात पारिन् । त्यसैगरी बालिकातर्फ आर्शिका पोखरेल फस्ट रनर अप र अन्वेषा लम्साल सेकेन्ड रनरअप भए । प्रतियोगिता नेपाली नृत्यसँगै कलासंस्कृति प्रवर्द्धधन गर्न सफल रहेको आयोजक संस्थाका गोकुल ढकालले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?