३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

देश खोज्ने समय भदौ

काठमाडौं — प्रकाश आङदेम्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘देश खोज्दै जाँदा’ को प्रदर्शन मिति तय भएको छ । लाइन क्रस मुभिजको ब्यानरमा निर्माण भएको फिल्म भदौ ९ मा रिलिज हुने भएको छ । फिल्मको रिलिज मितिसहित निर्माण पक्षले पोस्टरसमेत सार्वजनिक गरेको छ ।

देश खोज्ने समय भदौ

यसअघि नै ट्रेलर सार्वजनिक गरिसकेको फिल्मले भुटानी शरणार्थीको मर्मलाई समेटेको छनक देखाएको थियो । त्यसबाहेक ‘छातीमा लागेको...’ बोलको गीतले पनि प्रशंसा बटुलिरहेको छ ।

फिल्ममा दुई दशकभन्दा बढी समयदेखि नेपालमा शरणार्थीको जीवन बिताउन बाध्य भुटानीको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा बाहय द्वन्द्वलाई उजागर गरिएको बताइएको छ ।

फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ । उपेन्द्र सुब्बाको पटकथा, आभासको संगीत, सञ्जय लामाको छायांकन र मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । वीरेन्द्र क्षेत्रीले फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित : जेष्ठ २८, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?