कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“रुदाने” को फस्टलुक

काठमाडौं — थाहा अभियन्ता तथा राजनीतिज्ञ रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

“रुदाने” को फस्टलुक


विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर फिल्म युनिटले बुधबार फस्टलुकस्वरूप दुई पोस्टर सार्वजनिक गरेको हो । एउटा पोस्टरमा रूपचन्द्रकै भूमिका निर्वाह गरेका कलाकार दिव्यदेव हयान्डमाइक समातेर सम्बोधन गर्दै गरेका देखिन्छन् भने अर्को पोस्टरमा आँखामा पट्टी बाँधेर बसेका जनमानसलाई भाषण सुनाउँदै गरेका रूपचन्द्रलाई पछाडिबाट प्रस्तुत गरिएको छ ।

रूपचन्द्रको जीवनी र थाहा दर्शनका महत्त्वपूर्ण पाटाहरू समेटेर तयार पारिएको फिल्मलाई अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त रूपमा लेखन अनुसन्धानका साथै निर्देशन पनि गरेका हुन् । दावानल क्रिएसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको ‘रुदाने’ को निर्माता जागृत रायमाझी हुन् । फिल्ममा दिव्यदेवसहित ‘गाँठो’ डेब्यु नायिका नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अमर सुवेदीलगायत सयभन्दा बढी कलाकारको अभिनय समेटिएको छ ।

भारतीय शान्ता राओको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहनेछ । बहुआयामिक व्यक्तित्व बोकेका विष्टको विभिन्न पाटाको चार वर्षको अनुसन्धानपछि फिल्मको पटकथा तयार पारिएको निर्देशकमध्येका एक विकास ढकालले बताए । उनका अनुसार, रूपचन्द्र बनारस छँदाको केही दृश्य खिचेपछि सुटिङ सकिनेछ ।

निर्माता रायमाझीले भने आफू रूपचन्द्रकै चेला भएकोले पनि गुरुको जीवनीमा फिल्म बनाउन लागिपरेको बताए । ‘पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीजस्तै बनेका रूपचन्दको जीवन र थाहा दर्शन सम्बन्धित अनेकौं पाटाबाहिर ल्याउने उद्देश्यले ‘रुदाने’ निर्माण गरेका हौं,’ निर्देशकमध्येका अर्का सुवेदीले बताए ।

प्रकाशित : असार ९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?