१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मिस यूके नेपालको तयारी

लन्डन — बेलायतका नेपाली युवतीबीच गरिने एउटा सौन्दर्य प्रतियोगिता आरम्भ भएको छ । छैठौं मिस यूके नेपाल प्रतियोगिता २०१७ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए ।

मिस यूके नेपालको तयारी

अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुषाल, उलवीचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी भएका आयोजक इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले जनाइन् ।

पहिलो अडिसनको निर्णायकहरुमा लोकप्रिय गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, मिस यूके नेपाल २०१६ टेनिसा राना र रनरअप विभिया श्रेष्ठ थिए ।
आयोजकका अनुसार फाइनल अडिसन २२ जुलाइका दिन हुनेछ ।

मिस यूके नेपाल २०१७ को फाइनल आगामी सेप्टेम्बर १० मा एम्पायर हलमा हुने तय भएको छ । प्रतियोगिताको ग्रयाण्ड फिनालेमा मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफरका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् । गत वर्ष नायिका प्रियंका कार्की थिइन् ।

वर्षेनी गरिने यो प्रतियोगितालाई सधैं प्रतियोगी अभाव हुने गर्दछ । सुन्दरी अभाव भएपछि आयोजकले बीचमा एकपटक प्रतियोगिता नै रद्द गरेका थिए ।

प्रकाशित : श्रावण १, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?