कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘मिस यूके नेपाल’ को तयारी

लन्डन — बेलायतका नेपाली युवतीबीच गरिने एउटा सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण सुरु भएको छ । ‘मिस यूके नेपाल २०१७’ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए ।

‘मिस यूके नेपाल’ को तयारी


अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुसाल, उलविचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी भएको आयोजक इभेन्ट्स एन्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले जनाइन् ।
पहिलो अडिसनका निर्णायकहरूमा लोकप्रिय गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष तथा ‘मिस यूके नेपाल २०१६’ टेनिसा राना र रनरअप विभिया श्रेष्ठ थिए । आयोजकका अनुसार फाइनल अडिसन २२ जुलाईमा हुनेछ ।
मिस यूके नेपाल २०१७ को फाइनल आगामी सेप्टेम्बर १० मा एम्पायर हलमा हुने तय भएको छ । प्रतियोगिताको ग्रान्ड फिनालेमा मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफरका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । गत वर्ष यो भूमिकामा नायिका प्रियंका कार्की थिइन् ।
बर्सेनि गरिने यो प्रतियोगितालाई सधैं प्रतियोगी अभाव हुने गर्छन् । सुन्दरी अभाव भएपछि आयोजकले बीचमा एक पटक प्रतियोगिता नै रद्द गरेका थिए ।

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?