तक्मेलाई तक्मा

कान्तिपुर संवाददाता

काठमाडौं — तक्मे बूढाको उपनामले बढी चिनिएका हास्यकलाकार विल्सनविक्रम राईलाई मंगलबार एसपी वीरेन्द्रविक्रम लिम्बूले आफूले प्राप्त गरेको तक्मा सम्मान स्वरूप प्रदान गरेका छन्। वीरेन्द्र झन्डै २६ वर्ष सिंगापुर पुलिसमा सेवा गरी निवृत्त भएका हुन्।

यसअघि पनि विल्सनलाई यूके आर्मीमा कार्यरत क्याप्टेन काजीमान लिम्बूले आफूलाई प्राप्त मिलिटरी क्रस अर्पण गरेका थिए। कार्यक्रममा अभिनेता सुनील थापा, जितु नेपाल, गौरव पहारी, अनुराग कुँवरलगायतको उपस्थिति थियो।

प्रकाशित : श्रावण ११, २०७४ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपालभाषा साहित्य नख: हुने

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालभाषा टाइम्स दैनिक र सन्ध्या टाइम्स सञ्चार सहकारीको आयोजनामा नेपालभाषा साहित्य नख: (महोत्सव) हुने भएको छ।

नेपालभाषाका विभिन्न साहित्यक गतिविधि र साास्कृतिक कार्यक्रमसहित यही भदौको अन्तिम साता एकदिने महोत्सव हुने आयोजक कमिटीका अध्यक्ष रमेशकाजी स्थापितले बताए। 

मल्लकालीन अवस्थामै विकसित नेपालभाषा साहित्य लेखन हाल विभिन्न कारणहरूले गर्दा सुस्त गतिमा अघि बढिरहेको छ। यो भाषाको साहित्य लेखनमा उर्जा थप्ने र नेपालभाषा साहित्यबारे प्रचारप्रसार गर्ने उद्देश्यसहित उक्त साहित्य नख: आयोजना गर्न लागिएको हो। 

‘नेपाल संवत् ६०८ मै महिन्द्र मल्लको नेपालभाषामा लिखित कविता भेट्टाइएको छ। त्यतिबेला नै विकसित भइसकेको नेपालभाषा साहित्य लेखन अहिले धेरै सुस्त गतिमा छ। युवापुस्ताको आकर्षण कम देखिएको छ,’ आयोजक कमिटीका उपाध्यक्ष तथा कवि सुरेश किरणले भने, ‘यस कार्यक्रममा नेपालभाषा साहित्यको अवस्थाबारे मन्थन हुनेछ, प्रचारशप्रसार हुनेछ र साथै युवा पुस्तालाई आकर्षित गर्ने आशा गरेका छौं।’

महोत्सवमा नेपालभाषाका वरिष्ठ साहित्यकारहरूको रचना पाठलगायत, समसामयिक नेपालभाषा साहित्यबारे प्रवचन, नेपालभाषा साहित्य, फिल्म आदि बारे अन्तरक्रिया, पुस्तक विमोचन, 
पुस्तक प्रदर्शनीका साथै मौलिक सांस्कृतिक प्रदर्शनी हुने अध्यक्ष स्थापितले बताए।

प्रकाशित : श्रावण ११, २०७४ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT