२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राहतमा कलाकार ताते

चिकित्सकसहित राहत टिम बनाउँदै धुर्मुस–सुन्तली तराईतिर
कान्तिपुर संवाददाता

काठमाडौं — बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।

तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् ।

राहतमा कलाकार ताते

बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।

तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । उनीहरु आइतबार बिहान नै महोत्तरीतर्फ प्रस्थान गरिसकेका छन् ।

धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउँदै तत्कालै काम सुरु गर्ने बताए । ‘म महोत्तरी जाँदैछु,’ कान्तिपुरसित उनले भने, ‘बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्छ ।’

फाउण्डेसनले व्यक्तिगत/संस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको उनले बताए ।

काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।

गजुरेल उपाध्यक्ष रहेको हास्य कवि/कलाकारको संस्था सिस्नुपानी नेपालले संस्थागत राहतको तयारी गरेको छ । ‘आज बैठक बोलाएका छौं,’ उनले कान्तिपुरसित भने, ‘उद्दार र राहतका लागि गर्न सकिने विकल्पहरुमा छलफल हुन्छ ।’

कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । फिल्म निर्देशकसमेत रहेकी हास्य कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।

अभिनेत्री प्रियंका कार्कीले पनि तराईका बाढी पीडितका लागि ५१ हजार रुपैयाँ दिने घोषणा गरेकी छन् । उनले उद्दार र राहतमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेकी छन् ।

अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?