कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दिइयो टोरेन्टो नेपाली फिल्म अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौं — हरेक वर्ष क्यानडामा ‘टोरन्टो नेपाली फिल्म फेस्टिभल (टीएनएफएफ)’ हुँदै आएको छ । नेपाली फिल्मको बजारिया दायरा बलियो बनाउन सघाउँदै आएको यो फेस्टिभलको अवार्ड समारोहमा भने नेपालमा हुँदै आएको छ ।

दिइयो टोरेन्टो नेपाली फिल्म अवार्ड

यस वर्ष सम्पन्न फेस्टिभलको अवार्ड सोमबार राजधानीमा वितरण गरियो । मण्डला थिएटरमा आयोजित कार्यक्रममा पब्लिक च्वाइस अवार्ड र जुरी च्वाइस अवार्ड प्रदान गरिएको हो । फेस्टिभलमा छानिएका १४ फिल्ममध्ये ‘हेभन इज ब्ल्याक’ फिल्मका निर्देशक राजकुमार राईले पब्लिक च्वाइस अवार्ड पाए भने ‘देद्या’ फिल्मका निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतले जुरी च्वाइस पाए । 

पब्लिक च्वाइस अवार्डलाई १५ सय डलर र जुरी च्वाइस अवार्डलाई ५ सय डलर हस्तान्तरण गरियो । जुरी सदस्य सुवर्ण थापाले सहभागी र विजेता सबैलाई सम्मान एवं नगद हस्तान्तरण गरे । आयोजकले फेस्टिभलमा सहभागी फिल्हरूलाई पनि दर्शक संख्याको आधारमा नगद वितरण गर्दै आएको छ । यस वर्ष ज्योतिकेशर सिंह ठकुुरीको फिल्म ‘भुुसको लोग्ने’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, दीपक तोलाङगेको ‘डस्ट’, इभा आचार्य र शंकर पण्डितको ‘धागो’ लाई जनही १ सय ५० डलर दिइयो । त्यस्तै, मिराडा मोर्टन याप र सोफिडिया पेग्रुमको ‘डटर अफ द क्रभ्ड मुुड’ ले २ सय डलर पायो भने रजिला श्रेष्ठको ‘वान हन्ड्रेट प्वाइन्ट टु मेघाहर्ज’, स्वीकार शाहको ‘मानिस हराएको सूचना’, प्रवेश पौडेलको ‘सिंहदरबार’, सन्तोष दाहालको ‘संकल्प’, राकेश महर्जनको ‘कल्ली’, राजकुमार राईको ‘ढयांग्रो’, राजेन्द्र ठकुराठीको ‘माई क्लेअर’ लाई जनही एक सय डलर दिइयो । 

फेस्टिभलको ८ औं संस्करण गएको अप्रिल महिनामा क्यानडामा भएको थियो । छनोट भएका र सहभागी भएकालाई नेपालमै पुरस्कार दिइने परिपाटी रहेको फेस्टिभलको नेपाल संयोजक संगम पुलामी मगरले बताए । उनले फेस्टिभलको ९ औं संस्करणका लागि आवेदन डिसेम्बरतिर आहवान गरिने बताए । सुवर्णले चाहिँ डकुमेन्ट्री फिल्ममा भविष्य उज्वल रहेको बताए । समारोहमा सहभागी फिल्मकर्मी सबैले आआफ्ना अनुुभव सुनाए । 

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?