कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

देखाइयो दोखाङ

काठमाडौं — तराईका बाढीपीडितको सहयोगार्थ तामाङ भाषाको कथानक फिल्म ‘दोखाङ’ (लक्ष्य) को शनिबार राजधानीमा च्यारिटी सो गरियो ।

देखाइयो दोखाङ

बौद्धस्थित सिद्धार्थ हलमा भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले सो उद्घाटन गर्दै ‘दोखाङ’ जस्ता चेतनामूलक फिल्मले सामाजिक रूपान्तरणमा सघाउने दाबी गरिन् । डीबी दोङको निर्देशन र भुइसल लामाको प्रस्तुति रहेको फिल्ममा शैक्षिक चेतनाको वकालत गरिएको छ । फिल्मको सन्देश पनि सामाजिक र चेतनामूलक रहेकोले आफूहरू तराईको सामाजिक कार्यमा जुटेको प्रस्तुतकर्ता भुइसलले बताइन् ।

सो अघिको औपचारिक समारोहमा पूर्वराज्यमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामा, संघीय समाजवादी फोरम केन्द्रीय सदस्य धनबहादुर तामाङ, तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङ, लिबरल डेमोक्रेटिकका गणेश बल, श्री लामा लगायतले शुभकामना दिँदै ‘दोखाङ’ फिल्म टोलीको सहयोग अभियानलाई आ–आफ्नो तर्फबाट आर्थिक सहयोग घोषणा गरेका थिए । फिल्मले उठाएको विषयवस्तु अहिलेको तामाङ समुदायको वास्तविकतासँग मिल्ने नायिका रोशनी ब्लोनले बताइन् ।

मानबहादुर तामाङ, निमा थिङ निर्माता रहेको फिल्ममा रोशनीसँगै भुइसल लामा, सीता थिङ, निर्मल स्याङ्तान, कुल्साङ मोक्तान, सुनीता लुङ्वा, मेम्बर लो, हीरालाल स्याङ्तान लगायतको अभिनय छ । सोबाट झन्डै तीन लाख रुपैयाँ संकलन भएको प्रस्तुतकर्मी भुइसलले बताइन् । भुइसलको यो सातौं फिल्म हो ।

प्रकाशित : भाद्र २५, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?