अनुप ‘क्रेज’ बेलायतमा उस्तै

लन्डन — छ महिनाबीचमा यतिखेर दोश्रो पटक बेलायती माटोमा छन्, नायक अनुप विक्रम शाही । हांस्यप्रधान चलचित्र ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शोका लागि बेलायत आएका उनी नेपाली दर्शकको मायाले दंग छन् ।

अनुप ‘क्रेज’ बेलायतमा उस्तै

 ‘मलाई यूके आएको फिल नै भएको छैन्’, अनुप अनुभव बाँड्दै थिए, ‘तपाईंहरुको यो न्यायो माया र सम्मानले थप हौसला मिलेको छ, म आफू नेपालमै भए जस्तो महशुस गराइरहेको छ ।’ 

माया पब साउथ हयारोले आफ्नो सम्मानमा गरेको कार्यक्रममा क्याजुअल ड्रेसमा देखिएका थिए अनुप । अल्डरसटको वर्ल्ड प्रिमियर शो अत्यधिक सफल भएको सुनाउन उनी उत्साहित देखिए । ‘राजदूतसहित सयौं दर्शकले मन पराएर पुरै फिल्म हेरिदिनु नै मुख्य उपलब्धि हो’, अनुपले भने, ‘हामी हाइ बजेटमा फिल्म बनाउन सक्दैनौं । त्यसैले विदेशी फिल्मसंग तुलना नगरी नेपाली फिल्मलाई माया गरिदिन मेरो आग्रह छ ।’ 

‘कमलेको बिहे’ अर्गानिक कमेडी फिल्म भएको जनाउँदै उनले बेलायतवासी नेपालीलाई बाँकी शोहरुमा आएर हेरिदिन अनुरोध गरे ।

पछिल्लो समय नेपाली फिल्म बेलायतमा ल्याएर प्रिमियर शो गर्ने क्रम बढेको छ । यसले नेपाली फिल्मको बजार अन्तर्राष्ट्रिय स्तरमा बढ्ने विश्वास अनुपलाई छ । 

मोडलिङ हुंदै फिल्म छिरेका अनुपको झण्डै आधा दर्जन नयां फिल्म रिलिजको पर्खाइमा छन् । ‘मलाई सधैं पृथक भूमिकामा अभिनय गर्न मन लाग्छ’, लन्डनमा आफ्ना फ्यानमाझ घेरिएका उनले भने, ‘अहिले हामीबीच प्रतिष्पर्धा छ तर यसले गुणस्तर अभिवृद्धिमा झन् टेवा पुग्छ जस्तो लाग्छ ।’ 

नेपलिज इन्टरटेनमेन्ट यूके र शशी गुरुङको पहलमा कमलेको बिहे बेलायत ल्याइएको हो । उक्त फिल्म ८ तारिखमा साउथ हयारो लन्डनमा प्रदर्शन भइसकेको छ भने १० तारिख आसफोर्ड र १६ तारिख रेडिङमा प्रदर्शन हुने कार्यक्रम छ । 

कार्यक्रममा माया पबका तर्फबाट सिद्धार्थविक्रम क्षेत्री, रविन गुरुङ, बीरेन खड्कालगायतले सम्मान गरेका थिए । 

प्रकाशित : भाद्र २५, २०७४ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?