अनुप ‘क्रेज’ बेलायतमा उस्तै

नवीन पोखरेल

लन्डन — ६ महिनाबीच दोस्रोपटक बेलायती माटोमा छन् नायक अनुपविक्रम शाही । कमेडी जानराको ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शोका लागि यता आएका उनी नेपाली दर्शकको मायाले दंग छन् ।

 अनुप ‘क्रेज’ बेलायतमा उस्तै

‘मलाई यूके आएको फिलै भएको छैन,’ उनी भन्दै थिए, ‘तपाईंहरूको यो न्यानो माया र सम्मानले थप हौसला मिलेको छ । म आफू नेपालमै भए जस्तो महसुस गराइरहेको छ ।’

साउथ हयारोमा रहेको माया पबले आफ्नो सम्मानमा गरेको कार्यक्रममा क्याजुअल ड्रेसमा देखिएका थिए अनुप । अल्डरसटको वल्ड प्रिमियर शो अत्यधिक सफल भएको सुनाउन उनी उत्साहित देखिए । ‘राजदूतसहित सयौं दर्शकले मन पराएर पूरै फिल्म हेरिदिनु नै मुख्य उपलब्धि हो,’ अनुपले भने, ‘हामी हाई बजेटमा फिल्म बनाउन सक्दैनौं । त्यसैले विदेशी फिल्मसँग तुलना नगरी नेपाली फिल्मलाई माया गरिदिनुहुन मेरो आग्रह छ । ‘कमलेको बिहे’ अर्गानिक कमेडी फिल्म हो ।’

पछिल्लो समय नेपाली फिल्म बेलायतमा ल्याएर प्रिमियर सो गर्ने क्रम बढेको छ । यसले नेपाली फिल्मको बजार अन्तर्राष्ट्रिय स्तरमा बढ्ने विश्वास अनुपलाई छ ।

मोडलिङ हुँदै फिल्म छिरेका अनुप झन्डै आधा दर्जन नयाँ फिल्म रिलिजको पर्खाइमा छन् । ‘मलाई सधैं पृथक भूमिकामा अभिनय गर्न मन लाग्छ,’ लन्डनमा आफ्ना फयानबाट घेरिएका उनले भने, ‘अहिले हामीबीच प्रतिस्पर्धा छ तर यसले गुणस्तर अभिवृद्धिमा झन् टेवा पुग्छजस्तो लाग्छ ।’

नेप्लिज इन्टरटेनमेन्ट यूके र शशि गुरुङको पहलमा ‘कमलेको बिहे’ बेलायत ल्याइएको हो । उक्त फिल्म सेप्टेम्बर ८ मा साउथ हयारोमा प्रदर्शन भइसकेको छ भने १० तारिख आसफोर्ड र १६ तारिख रेडिङमा प्रदर्शन हुनेछ ।

कार्यक्रममा माया पबका तर्फबाट सिद्धार्थविक्रम क्षत्री, रविन गुरुङ, वीरेन खडकालगायतले अनुपलाई सम्मान गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?