‘लिली बिली’ बन्ने

काठमाडौं — फिल्म ‘प्रेमगीत २’ पछि अभिनेता प्रदीप खड्का चर्चामा छन् । यसमा प्रदीपको रोमान्टिक कमेडी क्यारेक्टर रुचाइएको थियो । प्रदीपको तेस्रो फिल्म पनि प्रेमकथा र रोमान्टिक कमेडी शैलीमै बन्न लागेको छ ।

 ‘लिली बिली’ बन्ने

राजधानीमा मंगलबार पत्रकार सम्मेलनमार्फत ‘लिली बिली’ को घोषणा गरियो ।

बेलायतमा गरिएको ‘यूके डान्स अफ, २०१७’ की विजेता २१ वर्षीया जसिता गुरुङ र मोडलिङमा जमेकी अभिनेत्री रेभिता गुरुङले यही फिल्ममार्फत प्रदीपको अपोजिट डेब्यु गर्न लागेका छन् । 

त्रिकोणात्मक प्रेमकथा रहने बताइएको फिल्मको निर्देशन मिलन चाम्सले गर्दै छन् । ‘हँसिया’ र ‘वीरविक्रम’ निर्देशन गरेका चाम्स निर्देशित ‘बब्बी’, ‘ब्लाइन्ड रक्स’ र हयाप्पी डेज’ फिल्म रिलिजको क्रममा छन् । ‘लिली बिली’ उनको छैटौँ फिल्म हो ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईले नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभा र विचारहरू अगाडि आइरहेकोले लगानीकर्ता उत्साहित भइरहेको सुनाए । ‘लिली बिली’ नेपाली फिल्म क्षेत्रमा नयाँ स्वादको हुने उनले विश्वास व्यक्त गरे । उक्त फिल्म गोविन्द शाही र सुदीप खडकाले निर्माण गर्न लागेका हुन् । निर्माता शाहीका अनुसार फिल्मको छायांकन स्कटल्यान्ड र बेलायतमा हुनेछ । 

अघिल्ला फिल्मको सफलताले हौसला दिएको उल्लेख गर्दै प्रदीपले थप मिहिनेतका साथ काम गर्ने बताए । नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको जसिताले बताइन् । प्रदीप भारद्वाजको पटकथा रहने फिल्ममा अनुपविक्रम शाही, जेनी ई लगायतको पनि अभिनय रहने बताइएको छ । कात्तिक ७ छायांकन थालिने फिल्मको आउँदो चैत ३० गते रिलिज डेट तोकिएको बताइयो । फिल्म चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्म्स र टाइम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको हो । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?