१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘जोनी जेन्टलम्यान’ दौडाहामा

भरतपुर — ‘जोनी जेन्टलम्यान’ भदौ ३० देखि देशभर प्रदर्शनमा आउँदै छ । प्रचार– प्रसारको क्रममा टोली मंगलबार यहाँ आएको छ । फिल्मका नायक पल शाह, नायिका आँचल शर्मा, जैना कुवँर, गायक योगेश काजी र निर्माता अजय मल्ल ठकुरी सञ्चारकर्मीमाझ उपस्थित भए ।

‘जोनी जेन्टलम्यान’ दौडाहामा

पलले फिल्म दर्शकको मन जित्ने खालको रहेको बताए । आँचलले फिल्ममा श्रीको भूमिका निर्वाह गर्दै जोनीलाई कसरी जेन्टलम्यान बनाउँछे भन्ने कुरा दर्शकले फिल्ममा हेरेर मात्र थाहा पाउने बताइन् । फिल्म ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने निर्माता अजयले बताए । 

टोली पोखरा, बुटवल हुँदै यहाँ आएको हो । अब टोली पूर्वका विभिन्न सहर पुग्नेछ । फिल्मको निर्देशन नितिन चन्दले गरेका हुन् । फिल्मको गीतको छायांकन भारतको गोवा, सिलोङ, दिल्लीलगायत रमणीय ठाउँमा गरिएको कार्यकारी निर्माता अजयले बताए । ‘नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेकी आँचलको यो दोस्रो फिल्म हो । त्यस्तै ‘नाइँ नभन्नु ल ४’ बाटै डेब्यु गरेका पलको यो तेस्रो फिल्म हो । पलको यो पहिलो एक्सन फिल्म हो । उक्त फिल्ममा रवि गिरी, विकास गिरी, जयना कुँवर, सन्तोष सिलवाल गिरीको अभिनयसमेत हेर्न सकिनेछ । 

प्रकाशित : भाद्र २८, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?