छाए सागर

काठमाडौं — ‘भ्युअर्स बढाउन मान्छेहरू जे पनि गर्छन्,’ इली इस्ट इन्कासेबल नामक युटयुब प्रयोगकर्ता लेख्छन्, ‘कसैको मृत्युको खिल्ली उडाउनु सही हो ?’

छाए सागर

उनले बुधबार नेपाल ट्रेन्डिङको एक नम्बरमा परेको भिडियो ‘गर्ल सुसाइड फर सागर आले/नेपाल आइडल/फन’ शीर्षक भिडियो हेरेपछि उक्त प्रतिक्रिया दिएका थिए । सनसनीपूर्ण शीर्षक राखेर भ्युज तान्न खोजेको भन्दै धेरैले आक्रोश व्यक्त गरेका छन् । केहीले चाहिँ पपुलारिटी कमाएकोमा व्यंग्यात्मक बधाई दिएका छन् ।

रमाइलोका लागि बनाएको भनिएको भिडियोमा एक युवतीले आत्महत्या गरेको देखाइएको छ । त्यतिविघ्न नौटंकी पाच्य नभएको भन्दै भिडियो ट्रेन्डिङमा पर्नु नै आश्चर्य भएको सम्वत केसीले उल्लेख गरेका छन् । भिडियोले आफ्नो समय बर्बाद गरेकोमा उनले एक मिनेट मौनधारण गरेको समेत बताएका छन् ।

‘छक्का पञ्जा २’ को ट्रेलरमा बुधबार साँझसम्म १३ लाख ८० हजार भ्युज थियो । ट्रेन्डिङको दोस्रो नम्बरमा परेको भिडियोलाई १७ हजार लाइक्स मिलेको देखियो भने २ हजार जनाले डिस्लाइक गरेका थिए । हजारौं कमेन्टमध्ये ‘टिच मी प्लिज’ नामक प्रयोगकर्ताले अर्को सिक्वेलमा अभिनेत्री प्रियंका कार्कीलाई हटाउन आग्रह गरेका छन् । प्रनिश खड्गीले चाहिँ आफूलाई ‘छक्का पञ्जा’ को ‘भुँडी फुटेर आन्द्रा निस्केको फयान’ बताएका छन् । संकेत पोखरेललाई ट्ेरलर राम्ररी सम्पादन नभएको भन्ने लागेछ । कृष्ण पोखरेल लेख्छन्, ‘माग्ने बूढाको मात्रै अभिनय राम्रो छ । अरू सबै तोरी ।’

‘टप भाइरल भिडियो’ नामक युटयुब च्यानलले अपलोड गरेको सागरसम्बन्धी भिडियो ट्ेरन्डिङको तेस्रो स्थानमा थियो । दुई लाखभन्दा बढी भ्युज रहेको भिडियोमा सागरले नेपाल आइडलबाट बाहिरिँदा बोलेका कुरा समेटिएका छन् । त्यसमा ३ सयभन्दा प्रतिक्रिया छन् । यम मगर नामक युटयुब युजरले आइडल जज इन्दिरा जोशी र न्हु बज्राचार्यप्रति आक्रोश पोखेका छन् । 

 

युटयुब ट्रेन्डिङमा टप फाइभ (बुधबार साँझसम्म) 

१. गर्ल सुसाइड फर सागर...

२. छक्का पञ्जा २ को ट्रेलर

३. सागरले बाहिरिएपछि...

४. हिमालयन रोडिज, ११

५. सागर आउट हुँदा... 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?