कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कोरियाको ओलम्पीक हलमा गुञ्जियो नेपथ्य, झुमे दर्शक

मञ्जु गुरुङ

सोल — गायक अमृत गुरुङ स्टेजमा माइक समातेर दायाँ बायाँ हल्लिदैं जोशमा उपर्युक्त सदाबहार गीत गाइरहेको बेला मञ्च अगाडी भेला भएका दर्शकहरु भने सोही लयमा चिच्चाउदै उफ्रिदै थिए । कोरियनको महान पर्व छुसकको अवसरमा कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको नेपथ्य कन्सर्टमा पोखराकै चर्चा गरिएको गीत सुन्न पाउँदा दर्शक अझ हौसिएका थिए ।

कोरियाको ओलम्पीक हलमा गुञ्जियो नेपथ्य, झुमे दर्शक

जोमसोमै बजारमा, १२ बजे हावा सरसर,

ए हजुर घर हाम्रो पोखरा ...

दक्षिण कोरियाको राजधानी सउलस्थित आधुनिक तथा चर्चित ओलम्पीक हलमा मंगलबार सम्पन्न कन्सर्टमा कार्यक्रम भरी नै दर्शकहरु नाच्दै हुटिङले साथ दिएका थिए । गायक गुरुङले विदेशमा सीप सिकेर देशमा गई विकास गर्ने है... जबसम्म सेतो हिमाल रहन्छ तबसम्म रातो सूर्य रहिरहन्छ है .. भन्ने सन्देश साथै राष्ट्रिय भावनाका “रातो र चन्द्र सूर्य' गीत गाउँदा दर्शकहरुले त्यतिकै हुटिङ, जोश र नृत्यसंगै साथ दिएका थिए ।
नेपथ्यले भरखरै म्युजिक भिडियो निमार्ण गरेका गीत
मै मरी जाउला, जीवन छोटो छ
लेखेको सम्झना, च्यातेर नफाल
सिरानमा फोटो छ ।
बोलको गीतलाई प्रस्तुत गरी दर्शकलाई भावुक समेत बनाएका थिए ।

ओलम्पीक हलमा संगीतिक प्रस्तुती दिइरहेका बेला गायक गुरुङले १९८८ का ओलम्पीकमा नेपालको लागि पदक हासिल गरेका विधान लामालाई सम्झदै त्यस्ता प्रतिभाशाली खेलाडीलाई राष्ट्रले रोकेर राख्न नसकेको गुनासो गर्दै राष्ट्रमै राम्रो अवसरको सिर्जना गर्न नेतृत्वलाई आव्हान पनि गरे ।

कार्यक्रममा नेपथ्यका चर्चित गीत रेश्म रेश्म, तालको पानी माछीले खानी, यो जीन्दगानी, गाउँ गाउँबाट उठ लगायत दर्जन बढी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरज थापा, बेस गीतारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ , ड्रम सेटमा ध्रुब लामा, र मादलमा शान्ति रायमाझीले साथ थिएका थिए ।

अग्रणी लोक रक व्यण्ड नेपथ्यले राष्ट्रियता र सांस्कृतिक मोहका सन्देशसंगै गीत संगीत प्रस्तुत गरि दर्शकको मन जित्न सफल भएका छन् । त्यसैले २००५ बाट कोरियाको यात्रा थालेका नेपथ्यको यो पाचौ प्रस्तुती हुो । व्यण्ड स्थापना भएको २५ वर्षे रजत जयन्ती मनाउदै विश्व संगीतिक भ्रमणमा निस्केका नेपथ्यको कोरिया एक गन्तब्य बनेको छ ।

गत बर्ष तामाङ संघको निमन्त्रणमा कोरियाको अर्को ठूलो आधुनिक हल केविएस एरिनाका दर्शकभन्दा यसपाली केही कम भएको दर्शकहरुले टिप्पनी गरेका छन् । करिब २६ सयको क्षमता भएको ओलम्पीक हलमा १५ सय जति दर्शकको उपस्थिती रहेको आयोजकले जनाएको छ । कास्की परिवार कोरियाद्धारा जिल्लाको विपन्न वर्गलाई आर्थिक सहयोग गर्ने हेतुले आयोजना गर्दै आएको माछापुच्छ्रे सांगीतिक कार्यक्रम अन्तरगत यसपाली नेपथ्य व्यण्डलाई निमन्त्रणा गरिएको थियो ।

प्रकाशित : आश्विन १९, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?