कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ज्याकी श्राफ इज माई अलटाइम फेभरेट’

कान्तिपुर संवाददाता

काठमाडौं — कुनै बेलाकी बलिउड डिभाको रूपमा रहेकी अभिनेत्री मनीषा कोइरालाले ‘डियर माया’ बाट फिल्ममा कमब्याक गरिन् । क्रिटिक्सले उनको अभिनयको राम्रै तारिफ गरे । केही दिनअघि मनीषा राजधानीको गैरीधारास्थित ‘पेरी फेसन आउटलेट’ को उद्घाटन गर्ने क्रममा भेटिइन् ।

‘ज्याकी श्राफ इज माई अलटाइम फेभरेट’

उद्घाटनपछि मनीषाले आफूलाई ज्याकी श्राफको फेसन सेन्स मन पर्ने बताइन् । ‘ही इज माई अलटाइम फेभरेट,’ उनले भनिन्, ‘वर्षांैदेखि उहाँले आफूलाई उस्तै राख्नुभएको छ ।’

त्यस्तै, उनलाई अनिल कपुर र नयाँ पुस्तामा नायिका दीपिका पादुकोणको फेसन सेन्स मन पर्ने रहेछ । नेपालको सन्दर्भमा भने उनलाई राजेश हमाल मर्यादित र स्टाइलिस लाग्दा रहेछन् ।

उनी फेसनलाई कम्फर्ट र खोजीको सम्मिश्रण मान्छिन् । ‘म जुन सजिलो लाग्छ, त्यही लगाउँछु,’ उनले भनिन्, ‘इभेन्ट र पर्वहरूमा मलाई राम्रोसँग ड्रेस अप गर्न मन पर्छ । तर मैले लगाउने प्राय: ड्रेस क्याजुअल नै हुन्छ । सेलेक्ट गर्दा पनि त्यस्तै खालको गर्छु ।’ उमेर सुहाउँदो स्ट्रङ क्यारेक्टरको अफर आए फिल्म पनि खेल्दै जाने उनले सुनाइन् ।

फेसन ट्रेन्डमा नेपाल पछाडि नरहेको उनले दाबी गरिन् । भनिन्, ‘इन्फरमेसन अहिले हाम्रो हातमा छ । फोनमा गुगल गर्‍यो भने विश्वमा चलिरहेको फेसनको ट्रेन्ड थाहा हुन्छ । सबै प्रकारका सूचनाको पहुँच बढिसक्यो । बजार र पब्लिसिटी बलिउडको जति ठूलो नहोला, तर फेसन सेन्समा नेपाल कम छैन ।’

पेरीमा इन्डो वेस्टर्न, नेपाली, राजस्थानी, वेस्टर्न गाउन, सेमी फर्मल डिजाइनहरूको फ्युजनका ड्रेसहरूका साथै पर्स, गहनालगायत रहेको प्रोप्राइटर प्रिया राउतले बताइन् ।

प्रकाशित : आश्विन २३, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?