कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘रोमियो’ को ट्रेलर

कान्तिपुर संवाददाता

काठमाडौं — प्रेमकथामा आधारित फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २४ देखि प्रदर्शनमा आउन लागेको शंकर कार्की निर्देशित उक्त फिल्ममा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

‘रोमियो’ को ट्रेलर

एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘रोमियो’ को ट्रेलरमा प्रेम र बिछोडका घटनाक्रम देखाइएको छ । यसै फिल्मबाट ओसिमाले नायिकाका रूपमा डेब्यु गरिरहेकी छन् । फिल्मकै ‘ल्याङ ल्याङ’ बोलको गीतलाई दर्शकले रुचाइरहेका बेला फिल्मले दर्शक तान्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । निर्माता तथा नायक हसनराजाले फिल्मको कथामा नयाँपन खोज्नुका साथै मेकिङमा सम्झौता नगरी स्तरीय बनाउने प्रयत्न गरेको दाबी गरे । भने, ‘फिल्म हेर्दा दर्शक मायामा बग्नुहुनेछ ।’

ताराप्रकाश लिम्बू, सुनील सन्डे, कुर्वान खान, योगेश काजीको संगीत रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन र रामेश्वर कार्कीको छायांकन रहेको छ । आशिका श्रेष्ठको फिल्ममा लगानी रहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?